समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

प्रतिनिधिसभा निर्वाचनमा कुन पार्टीबाट कति छन् महिला र पुरुष उम्मेदवार ?

  शीतलपाटीन्युज डटकम | ५ कार्तिक २०७९, शनिबार २०:१८

काठमाडौं- आगमी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा २ हजार ४१२ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिनिधिसभा सदस्यका लागि दलहरुले धेरै संख्यामा पुरुष उम्मेदवार खडा गरेका छन् भने महिला उम्मेदवारलाई कम प्राथमिकता दिएका छन् । प्रतिनिधिसभा तर्फ २ हजार १८७ पुरुष उम्मेदवार रहँदा २२५ महिला उम्मेदवार रहेका छन् ।

१४१ कुल उम्मेदवार उठाएको एमालेमा १३० पुरुष उम्मेदवार रहेका छन् भने ११ जना महिला उम्मेदवार रहेका छन् । १४० कुल उम्मेदवार उठाएको राप्रपाले १३२ पुरुष उम्मेदवार र ८ जना महिला उम्मेदवार उठाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले कूल १३१ उम्मेदवार उठाउँदा १२ जना महिला र ११९ जना पुरुष उम्मेदवार उठाएको छ ।

यस्तै नेमकिपाले १०९ उम्मेदवार उठाउँदा ९७ पुरुष र १२ जना महिला उम्मेदवार उठाएको छ । सबैभन्दा धेरै महिला उम्मेदवार उठाउने दलमा नेमकिपा र राष्ट्रिय स्वतन्त्र पार्टी रहन गएको छ । यस्तै मंगोल नेशनल अग्रनाइजेशनले कुल ८८ उम्मेदवार उठाएकोमा ७८ पुरुष र १० महिला उम्मेदवार उठाएको छ ।

माओवादी केन्द्रले कूल ४६ उम्मेदवार उठाएकोमा ३८ पुरुष र ८ महिला, नेकपा एकीकृत समाजवादीले कूल २१ उम्मेदवार उठाएकोमा १ महिला उम्मेदवार र २० पुरुष उम्मेदवार उठाएको छ ।

यस्तै ८६७ कूल स्वतन्त्र उम्मेदवार मध्ये ७९० पुरुष र ७७ महिला उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ