शीतलपाटीन्युज डटकम।
लण्डन। संरक्षक एनआरएन युके तथा सल्लाहाकार स्याड्ग्जा समाज युकेका डेबिड गुरुड्गले आधीखोला सास्कृतिक महोत्सव पठाउनु भएको शुभकामना संदेश जस्ताको त्यस्तै –
शुभकामना सन्देश
स्याङ्जा स्रष्टा सदनको आयोजनामा २०८३ जेठ २३ गते आँधीखोला गाउँपालिकामा सम्पन्न हुन गइरहेको आँधीखोला सांस्कृतिक महोत्सवको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
यस महोत्सवमा स्याङ्जाका झण्डै १०० भन्दा बढी प्रतिभाशाली कलाकार,स्रष्टा तथा सांस्कृतिक व्यक्तित्वहरूको उपस्थितिले आँधीखोलाको सांस्कृतिक गरिमा अझ उचाइमा पुग्ने विश्वास लिएको छु। यो कार्यक्रम केवल मनोरञ्जनको माध्यम मात्र नभई हाम्रो कला,संस्कृति,पहिचान र स्रष्टाहरूलाई सम्मान गर्ने महत्वपूर्ण अवसर पनि हो।
आँधीखोला गाउँपालिका,सम्पूर्ण जनप्रतिनिधिहरू,संघसंस्था तथा स्थानीय बासिन्दाहरूलाई यस महोत्सवलाई भव्य र सफल बनाउन आ-आफ्नो स्थानबाट सक्दो सहयोग गर्न हार्दिक अनुरोध गर्दछु। यो आँधीखोलाका लागि एउटा विशेष अवसर हो,जसबाट हाम्रो क्षेत्रको कला,संस्कृति र पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्नेछ।
दिनको कार्यक्रममा सहभागी हुन नसक्ने मेरा सिरुबारी लगायत सम्पूर्ण वडावासी दाजुभाइ तथा दिदीबहिनीहरूले बेलुकाको सांस्कृतिक कार्यक्रममा सहभागी भई कलाकारहरूसँग रमाइलो गर्दै कार्यक्रमको भरपुर आनन्द लिनुहुनेछ भन्ने अपेक्षा गरेको छु। यस्ता अवसरहरू बारम्बार प्राप्त हुँदैनन्,त्यसैले यो अवसरलाई सबैले सदुपयोग गरौँ।
विदेशमा रहेर पनि यो महोत्सवको खबरले हामीलाई आफ्नो गाउँघर र संस्कृतिप्रति अझ नजिक बनाएको अनुभूति भइरहेको छ। कार्यक्रममा प्रत्यक्ष उपस्थित हुन नपाए पनि मेरो मन भने आँधीखोलामै रहनेछ।
यस महोत्सवलाई सफल बनाउन अथक रूपमा खटिनुभएका स्याङ्जा स्रष्टा सदनका महासचिव घनश्याम रिजाल लगायत सम्पूर्ण आयोजक टिमप्रति हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछु। कार्यक्रम भव्य,सभ्य र ऐतिहासिक रूपमा सफल रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।
डेबिड गुरुङ
सल्लाहकार,स्याङ्जा सहयोग समाज (ICC)
संरक्षक,गैरआवासीय नेपाली संघ (NRNA) यु के
प्रतिक्रिया