समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी चितवनको प्रथम ऐतिहासिक जिल्ला अधिवेशन सम्पन्न,सभापतिमा इन्जिनियर मिनि माधव खनाल निर्वाचित

  शीतलपाटीन्युज डटकम | २५ जेष्ठ २०८३, सोमबार ११:२७

शीतलपाटीन्युज डटकम।
चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनबाट इन्जिनियर मिनि माधव खनाल जिल्ला सभापतिमा निर्वाचित भएका छन्।

अधिवेशनको अन्तिम मतपरिणामअनुसार खनालले २२२ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कृष्ण प्रसाद भुषालले १११ मत प्राप्त गरे भने प्रकाश आचार्यले २२ मत पाए।
उपसभापति पदमा निर्मला गिरि १९० मतसहित निर्वाचित भएकी छन्। उक्त पदका अन्य उम्मेदवार टिकादत्त इटनीले ८४ तथा प्रभाकर जोशीले ७३ मत प्राप्त गरेका छन्।

सचिव पदमा तेजेन्द्र प्रसाद पौडेल १९४ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेत्र लामिछानेले १४५ मत प्राप्त गरे।
सहसचिव पदमा कुशल पाठक १८७ मतसहित निर्वाचित भएका छन्। अन्य उम्मेदवारमध्ये पार्वती पाण्डेले ६९,बेद प्रसाद आचार्यले ५४ तथा चुम बहादुर जी.सी.ले ३७ मत प्राप्त गरेका छन्।

नवनिर्वाचित नेतृत्वलाई पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। चितवनमा पहिलोपटक सम्पन्न जिल्ला अधिवेशनले संगठन सुदृढीकरण,आन्तरिक लोकतन्त्रको अभ्यास तथा आगामी राजनीतिक यात्राका लागि नयाँ नेतृत्व चयन गरेको पार्टीका कार्यकर्ताहरूले बताएका छन्।

नवनिर्वाचित सभापति इन्जिनियर मिनि माधव खनाललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ