समाचार
|बेलायतमा घरधनीहरूका लागि ‘रजिष्टर योर रेंटल प्रपर्टी’ नियम लागू हुँदै : कानुन पालना गर्न विज्ञहरूको आग्रह|बेलायतको कोभेन्ट्रीमा विश्व नेपाली साहित्य महासङ्घ,मिडल्यान्ड शाखा बेलायतद्वारा आयोजित ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयनती भब्य सम्पन्न|लन्डनस्थित नेपाली दूतावासमा गौतम बुद्धको प्रतिमा स्थापना|नागरिकताको फरक मागले प्रक्रिया जटिल बन्यो : मनिष झा|बेलायतमा ११७ औं महाकवि देवकोटा जयन्ती भव्य रूपमा मनाइयो|नेपाली वायु सेवाहरुमाथिको प्रतिबन्ध फुकुवा गर्न इयुसंग पहल भैरहेको छ: मंत्री पौडेल|लन्डनमा “नर्थहोल्ट १०K रन” भव्य रूपमा सम्पन्न|एनआरएन नागरिकता सम्बन्धी कानून तीन महिना भित्रै बन्ने : सांसद झा|नेपाली साहित्य विकास परिषद् युकेको १५औँ कार्यकारिणी समिति चयन|नेकपा एमालेको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन हुदै, अध्यक्षमा प्रभु थापा निश्चित

एनआरएनएको ग्लोबलको सल्लाहकारमा अक्सफोर्डका प्रोफेसर डेविड गेल्नर सहित १० जना मनोनित

  शीतलपाटीन्युज डटकम | २ असार २०८३, मंगलवार ०९:०९

शीतलपाटीन्युज डटकम।
काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय सल्लाहकारमा बेलायतस्थित प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयका प्रख्यात सामाजिक मानवशास्त्री प्रोफेसर डेविड गेल्नर मनोनीत भएका छन्। ⁠

संघका अध्यक्ष डा.हेमराज शर्माको अध्यक्षतामा शनिबारदेखि जारी ११५ औँ बैठकले प्रोफेसर गेल्नर सहित १० जनालाई उक्त पदमा मनोनयन गर्ने निर्णय गरेको हो। नेपाली समाज,संस्कृति र भाषामा लामो समयदेखि गहिरो अध्ययन गर्दै आएका प्रोफेसर गेल्नरको मनोनयनसँगै संघले आफ्नो बौद्धिक तथा रणनीतिक सल्लाहकार समूहलाई थप सुदृढ बनाएको छ।

एनआरएनएको ११५ औँ बैठकले प्रोफेसर गेल्नरका अतिरिक्त संघका पूर्वमहासचिवहरू तथा स्थापित अभियन्ताहरूलाई पनि केन्द्रीय सल्लाहकारमा मनोनीत गरेको छ। मनोनीत गरिएका सल्लाहकारहरू: ⁠डा.विनोद श्रेष्ठ (पुर्व उपाध्यक्ष),गौरीराज जोशी (पूर्वमहासचिव),बीआर लामा (पूर्वमहासचिव),गंगाधार गौतम (पूर्वमहासचिव) इन्द्रा बन (अष्ट्रेलिया),भवानी ओली (अष्ट्रेलिया),रतन झा छन् भने आरके शर्मा (पूर्वअध्यक्ष) र विनोद कुँवर (पूर्वअध्यक्ष) — सहमतिपछि अन्तिम टुंगो लाग्ने बताईएको छ।

एकता अभियानका कमाण्डरहरू समेटिँदै
बैठकले पूर्वअध्यक्षहरू आरके शर्मा र विनोद कुँवरको नाम भने उनीहरूको आन्तरिक सहमति र परामर्शपछि मात्र अन्तिम रूपमा टुंगो लगाइने जनाएको छ। ⁠

शर्मा र कुँवरले यसअघि गैरआवासीय नेपाली संघको प्रतिष्ठा र गरिमा बचाउनका लागि चालिएको “संघको एकता अभियान” मा स्टेरिङ कमिटीमार्फत अत्यन्तै महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। ⁠संघलाई विवादरहित र ढुलमुल अवस्थाबाट बाहिर निकाली सबै पक्षलाई समेट्ने उद्देश्यका साथ केन्द्रीय सल्लाहकार समितिको यो नयाँ रूपरेखा तयार पारिएको एनआरएनए स्रोतले जनाएको छ।

नेपाल र हिमालय क्षेत्रका विज्ञ: प्रोफेसर गेल्नरको प्रोफेसर डेविड गेल्नर नेपाली,नेवारी तथा तामाङ भाषामा समेत दक्ष मानिन्छन्। ⁠सामाजिक मानवशास्त्रको क्षेत्रमा उनको योगदान विशिष्ट र अन्तर्राष्ट्रिय स्तरमै व्यापक रूपमा प्रशंसित छ।

⁠विशेषगरी नेपाल र हिमालय क्षेत्रबारे उनले गरेका अनुसन्धानहरूलाई प्राज्ञिक क्षेत्रमा उच्च मूल्याङ्कन गर्ने गरिन्छ। ⁠
सन् १९८० को दशकदेखि नै नेपालका विभिन्न क्षेत्रमा प्रत्यक्ष अध्ययन गर्दै आएका गेल्नरले यहाँको सामाजिक संरचना,जातीय संरचना,धार्मिक अभ्यास तथा सामाजिक रूपान्तरणबारे गहन अनुसन्धान गरेका छन्। ⁠उनको यो प्राज्ञिक कार्यले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रमा चिनाउन उल्लेखनीय योगदान पुर्‍याएको छ। ⁠अक्सफोर्ड विश्वविद्यालयमा लामो समय अध्यापन गराएका प्रोफेसर गेल्नर हाल सम्मानित प्राध्यापकका रूपमा परिचित छन्।
#nepaivoice Non-Resident Nepali Association – NRNA Hem Raj Sharma Chiranjeewee Khadka Som Sapkota Binod Shrestha RK Sharma Nrna
(Nepal Voice बाट)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ