शीतलपाटीन्युज डटकम।
पोखरा। लामो प्रतीक्षापछि अन्ततः पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले आगामी २३ सेप्टेम्बर २०२६ (७ असोज) देखि दैनिक व्यावसायिक उडान सञ्चालन गर्ने भएको छ। यससँगै पोखरा–दुबई प्रत्यक्ष उडानको टिकट बुकिङ पनि औपचारिक रूपमा खुला भएको छ।
अब पोखराबाट दुबई मात्र होइन,मध्यपूर्व,युरोप,अफ्रिका लगायत विश्वका सयौं गन्तव्यमा पुग्ने ढोका खुलेको छ। यो केवल एउटा उडान सेवा थपिएको खबर होइन,पोखराको अन्तर्राष्ट्रिय पहिचान, पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धितर्फको ऐतिहासिक फड्को हो।
सुरुवाती चरणमा दैनिक उडान हुने यस सेवामा पोखराबाट दुबईका लागि न्यूनतम भाडा ५७ हजार ४ सय ४४ रुपैयाँ र दुबईबाट पोखराका लागि ४० हजार ६ सय ७८ रुपैयाँ तोकिएको छ। करिब ४ देखि ५ घण्टाको उडानले अब पोखरालाई विश्वसँग अझ नजिक बनाउनेछ।
काठमाडौंलाई जस्तै “KTM” भनेर चिनिन्छ भने अब “PHH” पोखरा लाई पनि विश्वमा स्थापित गर्ने अवसर आएको छ।
वर्षौंदेखिको सपना अब यथार्थमा बदलिँदै छ। अब यो उडान सुरु हुनु मात्र होइन,निरन्तर र दिगो रूपमा सञ्चालन हुनु अझ महत्त्वपूर्ण छ। यसका लागि सम्पूर्ण पोख्रेली, पर्यटन व्यवसायी तथा स्वदेश–विदेशमा रहनुभएका नेपालीहरूको साथ र सहयोग आवश्यक छ।
नियमित उडान सदाका लागि बनोस्।बधाई छ पोखरा,बधाई छ सम्पूर्ण नेपालीलाई! ✈️🇳🇵
#PokharaInternationalAirport #FlyDubai #PokharaToDubai #PHH
प्रतिक्रिया