समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको आयोजनामा अमेरिकाको बाल्टिमोर शहरमा ऐतिहासिक प्रथम अधिवेशन तथा विविध सांगीतिक कार्यक्रम आयोजना हुने

  शीतलपाटीन्युज डटकम | ३ असार २०८३, बुधबार २०:१८

सुरेश कोईराला,
बाल्टीमोर,अमेरीका।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको आयोजनामा अमेरिकाको बाल्टिमोर शहरमा ऐतिहासिक प्रथम अधिवेशन तथा विविध सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ।

नेपाली लोकसंस्कृति,भाषा तथा मौलिक कला–साहित्यको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा अमेरिका लगायत विभिन्न स्थानमा रहेका नेपाली कलाकार, सर्जक,शुभचिन्तक तथा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ।

कार्यक्रममा प्रतिष्ठानको प्रथम अधिवेशनसँगै विविध सांगीतिक प्रस्तुति,सांस्कृतिक कार्यक्रम तथा कलाकारहरूको विशेष सहभागिता रहने बताइएको छ।

आयोजकले यस ऐतिहासिक अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गरेको छ।

नेपाली लोकदोहोरी गीत–संगीतको विकास,संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको उक्त कार्यक्रमलाई अमेरिका बसोबास गर्ने नेपाली समुदायले विशेष चासोका साथ हेरेका छन्।

प्रतिष्ठान अमेरिका शाखाका अध्यक्ष उदय भटटराईले सबैलाई कार्यक्रममा सहभागी भई नेपाली कला,संस्कृति र पहिचानलाई थप उचाइमा पुर्‍याउन सहयोग गर्न अनुरोध गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ