समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

भूतपूर्व गोर्खा सैनिकमाथि भएको दुर्व्यवहार निन्दनीय: म्यानचेस्टर नेपाली समाज

  शीतलपाटीन्युज डटकम | ७ असार २०८३, आईतवार ०८:२२

GNNNEWS-

म्यानचेस्टर। म्यानचेस्टर नेपाली समाज, युकेले हालै अल्डरशटमा एक भूतपूर्व गोर्खा सैनिकमाथि भएको जातीय दुर्व्यवहार र आक्रमणको निन्दा गरेको छ। एक वयोवृद्ध गोर्खा सैनिक तथा उनका परिवारका सदस्यहरूले जातीय भेदभाव,धम्की र शत्रुतापूर्ण व्यवहारको सामना गर्नुपरेको घटनाबाट समाज अत्यन्त दुःखी छ,समाजले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

“यस्ता कार्यहरू पूर्ण रूपमा अस्वीकार्य छन् र आधुनिक,विविध र समावेशी समाजमा यस्तो कुनै स्थान छैन,”समाजका अध्यक्ष दामोदर खनालद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ।

गोर्खा र नेपाली समुदायले बेलायतमा पुस्तौंदेखि महत्वपूर्ण योगदान दिँदै आएका छन्। गोर्खा सैनिकहरूले सम्मान,साहस र समर्पणका साथ देशको सेवा गर्दै स्वतन्त्रता,लोकतन्त्र र पारस्परिक सम्मानका मूल्यहरूलाई मजबुत बनाएको समाजले स्मरण गरेको छ। कुनै पनि व्यक्तिले आफ्नो जाति,राष्ट्रियता,भाषा वा सांस्कृतिक पृष्ठभूमिका कारणले भेदभाव वा घृणाको सामना गर्न नपर्नेमा समाजले जोड दिएको छ।

यसैगरी,घटनाको विरोधमा आवाज उठाउने स्थानीय वासिन्दा, संस्था र जनप्रतिनिधिहरूको पनि समाजले प्रशंसा गरेको छ।

म्यानचेस्टर नेपाली समाजले सबै समुदायलाई जातीय भेदभाव, विदेशीप्रतिको घृणा र यसका सबै रूपहरू विरुद्ध एकजुट हुन आह्वान गरेको छ। साथै,सम्बन्धित अधिकारीहरूलाई यी घटनाहरूको पूर्ण र निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग पनि गरेको छ।

“हाम्रो शक्ति एकता,करुणा र पारस्परिक सम्मानमा छ। हामी संयुक्त अधिराज्यभरिका सबै समुदायबीच सद्भाव,समानता र समझदारी प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। एउटा समुदायको सदस्यमाथि भएको आक्रमण हामी सबैमाथिको आक्रमण हो। हामी जातिवादविरुद्ध र सबैका लागि मर्यादा,न्याय तथा समावेशीकरणको पक्षमा एकजुट छौं,” विज्ञप्तिमा भनिएको छ।

यो घटनाले बेलायतमा बसोबास गर्ने नेपाली तथा गोर्खा समुदायमा चासो र चिन्ता बढाएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ