शीतलपाटीन्युज डटकम।
हिजो बेलुका नाटक ‘महाभारत’ नाटक हेर्न अग्रज सन्तोष पन्त आउनु भएको थियो। रमेश बुढाथोकीसँगै कलाकार ‘खेम शर्मा’को प्रसंग आयो। सन्तोष दाईले भन्नु भयो- ‘गाईजात्राको राम्रो कलाकार हो उ।’रमेश दाईले भन्नु भो,‘खेमले सिनेमा पनि धेरै खेलेको छ नि ।’

मैले भनें- ‘टिभीमा ‘चतुरेको दाउपेच’ गज्जब थियो ।’ ‘कता छ आजकाल ?’ सन्तोष दाईको प्रश्नमा मैले भने- ‘अमेरिका गएको थुप्रै भयो नि ।’
दिउँसोको यही प्रसंगले होला,बेलुका सपनामा पनि खेम दाईलाई देखें ! संगै कार्यक्रम गर्दै रहेछौं । यसअघि भर्जिनियामा छोटो भेट भएको थियो, तर भर्खर माग्ने बुढाक पोष्ट देखें- खेमदाईले शरीर छोड्नु भएछ !
यो कस्तो संयोग हो? दिउँसो कुरा हुनु,राती सपनामा देख्नु,अनि बिहान बितेको समाचार सुन्नु !!!
महाजीवनको यात्रा मंगलमय होस् खेम दाई💐
परिवारमा गहिरो समवेदना🙏
#nepaliactor #comedy #condolences #pray
(मनोज गजुरेलको फेसबुकबाट)
प्रतिक्रिया