शीतलपाटीन्युज डटकम।
काठमाण्डौ। नेपाल प्रहरी प्रधान कार्यालय,प्रशासन विभाग (बजेट शाखा) ले २०८३ असार ५ गते जारी गरेको पत्रअनुसार आगामी आर्थिक वर्ष २०८३/८४ देखि राष्ट्रसेवक कर्मचारीहरूको तलब तथा भत्ता प्रत्येक महिनाको १५ दिन बितेपछि (अर्धमासिक रूपमा) भुक्तानी गर्ने व्यवस्था लागू गरिने भएको छ।

अर्थ मन्त्रालयको निर्णय र महालेखा नियन्त्रक कार्यालयको पत्रअनुसार यो व्यवस्था लागू गर्न लागिएको हो।
बजेट सञ्चालन गर्ने सबै कार्यालयलाई आवश्यक तयारी तथा कार्यान्वयन गर्न निर्देशन दिइएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखालाई सम्बन्धित आर्थिक प्रणालीहरू सोहीअनुसार व्यवस्थापन गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया