समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

पोखरामा गलत साइडबाट सवारी चलाउने ५६ चालक कारवाहीमा

  शीतलपाटीन्युज डटकम | १७ असार २०८३, बुधबार ०९:११

शीतलपाटीन्युज डटकम।
पोखरा।पोखरामा गलत दिशाबाट सवारी चलाउने ५६ जना सवारी चालक कारवाहीमा परेका छन्।

गलत दिशाबाट सवारी चलाउदा हुने सम्भावित सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने तथा ट्राफिक नियमको पालना गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले सञ्चालन गरेको विशेष चेकिङका क्रममा उनीहरूलाई प्रचलित कानुनबमोजिम कारवाही गरिएको हो।

प्रहरीका अनुसार मंगलबार पृथ्बीराजमार्गमा गरिएको विशेष जाँचका क्रममा गलत दिशाबाट सवारी चलाउने स्कुटर,मोटरसाइकल, ट्याक्सी,बस,ट्रक,बोलेरो भ्यान लगायतका सवारीका ५६ जना सवारी चालक कारवाहीमा परेका हुन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सवारी चालकलाई सहि दिशामा सवारी चलाउन,ट्राफिक नियमको पूर्ण रूपमा अनुसरण गर्न र सुरक्षित यात्रालाई प्राथमिकता दिन आग्रह गरेको छ।
पोखरा न्युजबाट।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ