समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन १४,१५ र १६ अगस्त २०२६ मा हुने

  शीतलपाटीन्युज डटकम | १९ असार २०८३, शुक्रबार २०:१४

सुरेश कोइराला –
अमेरिका। नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट जारी जनसम्पर्क समितिसम्बन्धी परिपत्रअनुसार नेपाली जनसम्पर्क समिति अमेरिका अधिवेशन तयारी समितिको पूर्ण बैठकले सर्वसम्मत रूपमा आगामी अगस्ट १४,१५ र १६,२०२६ मा नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन आयोजना गर्ने निर्णय गरेको छ।

जननायक बीपी कोइरालाको परिकल्पनामा स्थापित नेपाली जनसम्पर्क समितिहरू आज विश्वका विभिन्न मुलुकमा क्रियाशील छन्। लोकतान्त्रिक मूल्य,मान्यता र आदर्शप्रति प्रतिबद्ध रहँदै नेपाली कांग्रेसको संगठनलाई अमेरिकामा अझ सुदृढ,प्रभावकारी र गतिशील बनाउने उद्देश्यका साथ आयोजना हुन लागेको यस अधिवेशनलाई व्यवस्थित,भव्य तथा सफलतापूर्वक सम्पन्न गर्न आवश्यक विभिन्न समिति तथा उपसमितिहरू गठन गर्ने निर्णयसमेत गरिएको छ। अधिवेशन तयारी समितिले सम्पूर्ण तयारीका कार्यहरू निर्धारित समयसीमाभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यस ऐतिहासिक अधिवेशनमा सक्रिय र उत्साहजनक सहभागिताका लागि नेपाली कांग्रेसप्रति आस्था,विश्वास र प्रतिबद्धता राख्ने अमेरिका निवासी सम्पूर्ण नेता,कार्यकर्ता,शुभेच्छुक तथा प्रतिनिधिहरूलाई नेपाली जनसम्पर्क समिति अमेरिका अधिवेशन तयारी समितिले हार्दिक आह्वान गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ