समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

ईस्ट सोलार लिमिटेडले आई.पी.ओ.जारी सम्बन्धी ब्यबस्थपन गर्न नेशनल क्यापिटल लिमिटेडसंग गर्यो सम्झौता

  शीतलपाटीन्युज डटकम | २४ असार २०८३, बुधबार १५:१६

शीतलपाटीन्युज डटकम।
काठमाण्डौ। ईस्ट सोलार लिमिटेडले आई.पी.ओ.जारी सम्बन्धी ब्यबस्थपन गर्न नेशनल क्यापिटल लिमिटेडसंग सम्झौता गरेको छ। उक्त कार्यक्रममा ईस्ट सोलारका तर्फ़बाट अध्यक्ष मोहन गुरूँग र नेशनल क्यापिटलका सी.इ.ओ अर्पण खनालले नेशनल क्यापिटलक़ो कार्यालय लाज़िम्पाटमा सम्झौता सम्बन्धी दस्ताबेजमा हस्ताक्षर गरेका थिए।

बैगुनधूरा,झापामा रहेको पांच मेगा वाटक़ो सौर्य ऊर्जा आयोजनाक़ो निर्माण कार्य अंतिम चरणमा आई पुग्दा आई.पी.ओ.जारी गर्ने जिम्मा दीईएको हो। आगामी आश्विन महीनामा सौर्य उर्जाबाट उत्पादन सुरु गर्दा आई.पी.ओ.समेत त्यही बेला सँगै जारी हुने गरी यो ब्यबस्था मिलाइएको कुरा कंपनीका कार्यकारी निर्देशक एल एन पाण्डेले बताए।

कम्पनीक़ो आफ्नै स्वामित्वमा रहेको जमीनमा बन्न लागेको यो सौर्य आयोजनाक़ो कुल पूंजी पचास करोड़ रहेको छ। यस मध्ये तिस प्रतिशत अर्थात पन्ध्र करोड़ साधारण शेयर पूंजी सर्बसाधारणमा जारी गरिने योजना रहेको जानकारी प्राप्त भयो।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ