समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले गर्यो कार्यसमिति विस्तार

  शीतलपाटीन्युज डटकम | २५ असार २०८३, बिहीबार १७:४८

GNNNEWS-
काठमाडौं। जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनको केन्द्रीय समितिमा पदाधिकारी तथा सदस्यहरु मनोनित गरिएको छ।

फाउन्डेशनका नव निर्वाचित अध्यक्ष डा.यादव पण्डितले संघको विधानले दिएको अधिकार प्रयोग गरेर कार्यसमिति विस्तार गरेका हुन्। फाउन्डेशनको विधान अनुसार अध्यक्ष पदमा मात्रै निर्वाचन हुँदा पण्डित सर्वसम्मत चयन भएका थिए। उनले मनोनित गरेका पदाधिकारीहरुमा अमेरिकाबाट महासचिव पदमा अग्नि चौलागाईं, कोषाध्यक्षमा गोविन्द श्रेष्ठ र प्रवक्तामा लाल प्रसाद काफ्ले रहेका छन्।

यसैगरी,फाउन्डेशनको ग्लोबल नेटवर्कतर्फ पनि विभिन्न जिम्मेवारी तोकेको छ। ग्लोबल नलेज नेटवर्कको जिम्मेवारी डा. निरज श्रेष्ठ,ग्लोबल युथ नेटवर्कको मदनराज पौडेल, ग्लोबल महिला नेटवर्कको बिनिता अधिकारी र ग्लोबल स्पिरिटुअल वेलनेस नेटवर्कको नेतृत्व अर्जुन सिग्देललाई सुम्पिएको अध्यक्ष पण्डितले जानकारी दिए। ग्लोबल मिडिया नेटवर्कको छिट्टै पुनर्गठन गरिने छ।

फाउन्डेशनका केन्द्रीय सदस्यहरुमा विभिन्न देशबाट प्रतिनिधित्व हुने गरी मनोनयन गरिएको पनि डा.पण्डितले बताए। फाउन्डेशनका केन्द्रीय सदस्यहरुमा अष्ट्रेलियाबाट डा.देवराज पौडेल र अरुण कुमार ठाकुर तथा नेपालबाट रंजित कर्ण,केशव शिंह,राजीव ढुंगाना,महेन्द्र प्रसाद कंडेल र प्रेम राज पौडेल रहेका छन्। त्यसैगरी,साउदी अरेबियाबाट राजु सयद, कतारबाट नरेन्द्र भाट,बेलायतबाट लोक गुरुङ तथा क्यानडाबाट चन्दा अधिकारी र अशोक यादव केन्द्रीय सदस्यमा मनोनित भएका छन्।

यस्तै,अमेरिकाबाट केन्द्रीय सदस्यको जिम्मेवारीमा बाबुराम (बीआर) लामा,दिलु पराजुली,टेक के.सी,भोजराज घिमिरे,एक देव शर्मा,हरिहर पौडेल,रामजी मरासिनी,दिनबन्धु भट्ट र शिव राज पौडेल मनोनित भएका छन्। फाउन्डेशनले सबै च्याप्टरका अध्यक्षहरु पदेन केन्द्रीय सदस्य रहने स्पष्ट पारेको छ। साथै चाँडै थप सदस्यहरु समेत मनोनयन गरी समितिलाई पूर्णता दिने पनि जनाइएको छ।

गत जुन १३ – १४ तारिखमा भर्चुएल माध्यमबाट सम्पन्न फाउन्डेशनको पहिलो वार्षिक अधिवेशनले डा.पण्डितलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित गरेको थियो। फाउन्डेशन अन्तर्गत ग्लोबल नलेज नेटवर्क,विभिन्न विभाग तथा संसारभर ३३ ओटा च्याप्टरहरुले सक्रियतापूर्वक काम गरिरहेका छन्।

नवनिर्वाचित अध्यक्ष डा.पण्डितका अनुसार संसारभरि छरिएर रहेका नेपालीहरुलाई एउटै मालामा जोड्ने र उनीहरुसँग रहेको सीप,अनुभव,श्रोत र संजाललाई मातृभूमि नेपालको हित र उन्नतिमा उपयोग गर्ने मुख्य उद्देश्यका साथ फाउन्डेशन स्थापना गरिएको हो। उनले साझा उद्देश्य प्राप्तिका लागि डायस्पोरामा रहेका सम्पूर्ण नेपाली संघसंस्थाहरुसँग आगामी दिनमा सहकार्य र हातेमालो गर्दै अघि बढ्न फाउन्डेशन प्रतिबद्ध रहेको समेत प्रष्ट पारेका छन्।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ