समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

बेलायतमा अध्ययनरत विद्यार्थी,आशिष कुँवर क्षेत्रीको शव नेपाल पठाउन सहयोग संकलन अभियान

  शीतलपाटीन्युज डटकम | २९ असार २०८३, सोमबार १४:१३

GNNNNEWS-
लन्डन – बेलायतमा उच्च शिक्षा अध्ययनरत प्युठान जिल्ला, दरभाङका १९ वर्षीय आशिष कुँवर क्षेत्रीको दुःखद निधन भएको छ।
स्वर्गीय आशिष गोविन्द कुँवर क्षेत्री र शान्ता केसीका सुपुत्र हुन्। उनी जनवरी २०२५ मा उच्च शिक्षा अध्ययनका लागि बेलायत आएका थिए र युनिभर्सिटी अफ वेस्ट लन्डनमा कम्प्युटर साइन्स विषय अध्ययनरत थिए।

उनी बेलायतको ग्रीनफोर्ड,इलिङमा आफ्नी दिदी अर्जु केसीसँग बस्दै आएका थिए। अर्जु पनि अल्स्टर विश्वविद्यालयमा अध्ययनरत छिन्।

“आशिषको असामयिक निधनको खबरले उनका परिवार, आफन्त,साथीभाइ तथा बेलायत र नेपालमा रहेका नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको छ। उज्ज्वल भविष्यको सपना बोकेका एक होनहार युवा विद्यार्थीको असामयिक निधनले हामी सबै मर्माहत भएका छौं,”गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले भने। उनले यो मानवीय कार्यमा सघाउन बेलायतस्थित नेपाली समुदाय तथा संघ संस्थालाई हार्दिक अपिल पनि गरे।

तामांग समाज युकेको सहयोगमा खोलिएको गो फन्ड मी पेजमा गएर सक्दो सहयोग गर्न स्व क्षेत्रीको परिवारले आग्रह गरेको छ।

https://www.gofundme.com/f/late-ashish-kunwar-kc-death-body-send-to-nepal?attribution_id=sl:0740e6e8-cebe-42ed-b512-1e7b7d6169cc&lang=en_GB&ts=1783854892&utm_campaign=man_sharesheet_dash&utm_content=amp20_t1&utm_medium=customer&utm_source=copy_link

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ