समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

श्रीमती उपन्यासको समिक्षा

  शीतलपाटीन्युज डटकम | २९ असार २०८३, सोमबार २१:०६

सुरेश कोईराला,
बाल्टीमोर,अमेरीका। अनेसास विओटीका उपाध्यक्ष तथा अवार्ड कमिटीका संयोजक तीर्थराज पाण्डेयले लेख्नुभएको उपन्यास श्रीमतीको समीक्षा गरिएको छ।

शनिवार आयोजना गरिएको समीक्षा कार्यक्रममा मेरिल्याण्ड राज्यका डेलिगेट डा हयारी भण्डारी,स्टार स्कलरका डा कृष्ण विष्ट, डा उत्तम गौली,डा दीपक कोईराला,अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले उपन्यासका विविध पाटोको बारेमा चर्चा गर्नु भएको थियो। पुस्तकका लेखक तथा साहित्यकार तीर्थराज पाण्डेयले किताव प्रकाशनको बारेमा विस्तृत विवरण दिनु भएको थियो ।

अनेसास मेरिल्याण्ड च्याप्टरकी अध्यक्ष पूजा चन्दले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा अनेसास विओटीका महासचिव प्रकाश नेपाल,साहित्यकार सीता पाण्डे,डिसी च्याप्टरका अध्यक्ष नीलकण्ठ सुवेदी,पशुपति वञ्जाडे,लगायतका व्यक्तित्वहरुले शुभकामना सन्देश दिनु भएको थियो।

कार्यक्रममा दोश्रो जेनेरेशनका सलोना भण्डारी,प्रज्ज्वल श्रेष्ठ,स्वर्णिम त्रिपाठी,मलिना छन्त्याल र सहिसा छन्त्यालले पुस्तकको वारेमा चर्चा गरेका थिए।

कार्यक्रममा साहित्यकार,लेखक,कवि तथा साहित्यका अनुरागीको वाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा २१३ औ भानु जयन्तिको अवसरमा भानुको तस्विरमा माल्यार्पण तथा भानुको योगदानबारे समेत चर्चा गरिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ