समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

टी २० विश्वकप क्रिकेटमा पाकिस्तानमाथि भारतको जित 

  शीतलपाटीन्युज डटकम | ६ कार्तिक २०७९, आईतवार १८:०८

काठमाडौं- आईसीसी विश्वकप टी २० क्रिकेटमा भारतले चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानमाथि ४ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । भारत र पाकिस्तानबीच दुइपक्षिय सिरिज नभएको वर्षौ भइसकेको छ ।

यी दुई देशबीचको राजनीतिक लडाइँको असर क्रिकेटमा पनि परिरहेका बेला भारत र पाकिस्तान एसीसी र आईसीसीका टुर्नामेन्टहरुमा मात्रै खेल्दै आएका छन् ।

जस अनुसार आज भारत र पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी टी २० विश्वकप क्रिकेटको सुपर १२ मा प्रतिस्पर्धा गरेका हुन् । पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

भारतलाई जिताउनका लागि विराट कोहली र हार्दिक पाण्ड्याले आधार तयार गरेका थिए भने हार्दिक आउट भएपछि विराट कोहली र दिनेश कार्तिकले सम्हालेका थिए ।

विराट कोहली ८२ रनमा नटआउट रहे भने हार्दिक पाण्ड्याले ४० रनको पारि खेले । मोहम्मद नवाज र हेरिस रौफले दुई दुई विकेट लिए ।
पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५९ रन बनाएको थियो ।

उसका लागि सान मसुदले ५२ तथा इफ्तिकर अहमदले ५१ रनको पारि खेले । अर्सदीप सिंह र हार्दिक पाण्ड्याले तीन तीन विकेट लिए ।

 

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ