शीतलपाटीन्युज डटकम।
काठमाण्डौ। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को गत महिना बसेको ११५ औं बैठकले अन्तर्राष्ट्रिय समन्वय परिषद्को पाँच सदस्यीय संरक्षक परिषद् गठन गरेको छ।
प्रमुख संरक्षकमा संघका निवर्तमान अध्यक्ष डा.बद्री केसी चयन भएका छन्। यसैगरी संरक्षकहरुमा संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो,पूर्व अध्यक्ष जीवा लामिछाने,संस्थापक महासचिव भीम उदास र निवर्तमान अध्यक्ष महेश श्रेष्ठ रहेको संघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
संरक्षकहरु-

उक्त बैठकले ५१ सदस्यीय सल्लाहकार समितिसहित रिक्त पदहरुमा पदाधिकारी र आइसीसी सदस्यहरु चयन गरेको निर्णय सार्वजनिक भएको छ।
साभार युरोप नेपाली खवर।
प्रतिक्रिया