समाचार
|बेलायतमा घरधनीहरूका लागि ‘रजिष्टर योर रेंटल प्रपर्टी’ नियम लागू हुँदै : कानुन पालना गर्न विज्ञहरूको आग्रह|बेलायतको कोभेन्ट्रीमा विश्व नेपाली साहित्य महासङ्घ,मिडल्यान्ड शाखा बेलायतद्वारा आयोजित ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयनती भब्य सम्पन्न|लन्डनस्थित नेपाली दूतावासमा गौतम बुद्धको प्रतिमा स्थापना|नागरिकताको फरक मागले प्रक्रिया जटिल बन्यो : मनिष झा|बेलायतमा ११७ औं महाकवि देवकोटा जयन्ती भव्य रूपमा मनाइयो|नेपाली वायु सेवाहरुमाथिको प्रतिबन्ध फुकुवा गर्न इयुसंग पहल भैरहेको छ: मंत्री पौडेल|लन्डनमा “नर्थहोल्ट १०K रन” भव्य रूपमा सम्पन्न|एनआरएन नागरिकता सम्बन्धी कानून तीन महिना भित्रै बन्ने : सांसद झा|नेपाली साहित्य विकास परिषद् युकेको १५औँ कार्यकारिणी समिति चयन|नेकपा एमालेको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन हुदै, अध्यक्षमा प्रभु थापा निश्चित

अमेरिकी डलर ५,००० सम्म भन्सार घोषणा नगरी नेपालमा ल्याउन वा यहाँबाट बाहिर लैजान पाउने

  शीतलपाटीन्युज डटकम | ८ श्रावण २०८३, शुक्रबार २२:३३

शीतलपाटीन्युज डटकम।
नेपाल राष्ट्र बैंकले नगद विदेशी मुद्रा नेपाल भित्र्याउने र यहाँबाट बाहिर लैजाने सम्बन्धमा नयाँ व्यवस्था सार्वजनिक गर्दै यसअघिको सूचनालाई परिमार्जन गरेको छ।

अब नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५,००० सम्म वा सो बराबरको अन्य विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपालमा ल्याउन वा यहाँबाट बाहिर लैजान पाउनेछन्। भारतीय रुपैयाँको हकमा पनि अमेरिकी डलर ५,००० बराबरको रकमसम्म घोषणाबिना ल्याउन र लैजान पाइने व्यवस्था छ। विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को व्यवस्थाका आधारमा राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बिहीबार यो जानकारी गराएको हो। भारतीय नोटको सन्दर्भमा बैंकले सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारु ५०० र १,००० दरका पुराना नोटहरूको कारोबारमा पूर्ण प्रतिबन्ध लगाएको छ।

यद्यपि,सो मिति पश्चात् निष्कासन भई हाल भारतमा चलनचल्तीमा रहेका भारु २०० र ५०० दरका नोटहरू भने नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति २५,००० सम्म प्रचलित व्यवस्थाअनुसार ल्याउन,लैजान र सटही गर्न सक्नेछन्।

५,००० अमेरिकी डलरभन्दा बढीको विदेशी मुद्रा वा सो बराबरको भारतीय रुपैयाँ ल्याउँदा वा लैजाँदा भने अनिवार्य रूपमा भन्सार घोषणा गरी प्रमाणित गराउनुपर्नेछ। विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत सोही सीमा लागू हुने बैंकले स्पष्ट पारेको छ।
बैकिड्ग खवरबाट।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ