सुरेश कोईराला,
अमेरिका। विष्णु सुवेदी अमेरिकास्थित नेपाली कांग्रेसको संगठन जनसम्पर्क समितिको नेतृत्वका लागि सर्वाधिक चर्चित र अनुभवी व्यक्तित्वका रूपमा अगाडि देखिएका छन्। संगठनप्रतिको उनको प्रतिबद्धता, नेतृत्व क्षमता र लामो राजनीतिक अनुभवले उनलाई बलियो दाबेदारका रूपमा स्थापित गरेको छ।

सन् २०१४ मा तत्कालीन पार्टी सभापति सुशील कोइरालाद्वारा सुम्पिइएको नेपाली जनसम्पर्क समिति अमेरिकाको संयोजकको जिम्मेवारी पूरा गर्दै आफू निर्वाचनमा पराजित भएर पनि उनले सफलतापूर्वक अधिवेशन सम्पन्न गराएका थिए। स्मरणीय छ, त्यसपछि १२ वर्षसम्म अधिवेशन हुन सकेन।व्यक्तिगत लाभहानीभन्दा माथि उठेर संगठनलाई प्राथमिकता दिने उनको कार्यशैली त्यस घटनाबाट स्पष्ट रूपमा देखिएको थियो।

पार्टीभित्रको वैचारिक बहसमा पनि उनी स्पष्ट धारणा राख्ने नेताका रूपमा परिचित छन्। गगन थापाको नेतृत्व र विशेष महाधिवेशनको पक्षमा खुलेर उभिने र अमेरिकाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिमध्ये विशेष महाधिवेशनको लागि नेपाल आउने एक मात्र व्यक्ति हुन्।
लामो संगठनात्मक अनुभव, अन्तर्राष्ट्रिय स्तरमा स्थापित सम्बन्ध तथा सञ्जाल, र कुशल संगठनकर्ताको छविका कारण विष्णु सुवेदीको नेतृत्वप्रतिको विश्वास कार्यकर्तामाझ निरन्तर बढ्दो छ। संगठनलाई एकताबद्ध, सक्रिय र परिणाममुखी बनाउन सक्ने नेतृत्वका रूपमा उनको चर्चा व्यापक बन्दै गएको छ।
यिनै अनुभव, प्रतिबद्धता र संगठन निर्माणमा दिएको योगदानका आधारमा अमेरिकाको जनसम्पर्क समिति नेतृत्वको प्रतिस्पर्धामा विष्णु सुवेदीको पल्ला भारी देखिएको विश्लेषण भइरहेको छ।
प्रतिक्रिया