समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

दीपमाला ढकाललाई एनआरएनएको बधाई, मिस वर्ल्डका लागि अग्रिम शुभकामना

  शीतलपाटीन्युज डटकम | १७ श्रावण २०८३, आईतवार २०:००

शीतलपाटीन्युज डटकम।
लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मिस नेपाल–२०२६ को प्रतिष्ठित उपाधि जित्न सफल संघकै अन्तर्राष्ट्रिय समन्वय परिषद् अन्तर्गत सेकेण्ड जेनेरेशन कोर्डिनेटर दीपमाला ढकाललाई हार्दिक बधाई ज्ञापन गरेको छ।

संघका प्रवक्ता सोम सापकोटाले आइतबार जारी गरेको विज्ञप्तिमा ढकालको यो उपलब्धि केवल व्यक्तिगत सफलतामा सीमित नभई विश्वभर फैलिएका गैरआवासीय नेपाली समुदाय,विशेषगरी दोस्रो पुस्ताका नेपाली युवाहरूका लागि प्रेरणा,आत्मविश्वास र नेपाली पहिचानप्रतिको गौरवको प्रतीक बनेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ,“यस सफलताले विश्वभरिका दोस्रो पुस्ताका नेपालीलाई आफ्नो भाषा,संस्कृति,मूल्य–मान्यता र मातृभूमिसँग अझ सशक्त रूपमा जोडिन प्रेरित गर्ने विश्वास लिएका छौँ।”

त्यसैगरी,संघले आगामी दिनमा मिस वर्ल्डको प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने यात्राका लागि दीपमाला ढकाललाई हार्दिक शुभकामना व्यक्त गरेको छ। विश्वसामु नेपालको समृद्ध कला,संस्कृति,पर्यटन,विविधता तथा राष्ट्रिय पहिचानलाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्दै सकारात्मक छवि उजागर गर्न सफल हुनुहुनेछ भन्ने विश्वास पनि व्यक्त गरिएको छ।

संघले ढकालको सहभागिताले नेपाल र विश्वभर रहेका गैरआवासीय नेपाली समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने तथा दोस्रो पुस्तामा नेपालीपनप्रतिको अपनत्व र गर्वलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरेको छ।

अन्त्यमा,एनआरएनएले दीपमाला ढकालको उज्ज्वल भविष्य तथा निरन्तर सफलताका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ