समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

घान्द्रुक समाज बेलायतद्वारा पूर्व प्रधानाध्यापक पौडेल सरलाई लण्डनमा सम्मान

  शीतलपाटीन्युज डटकम | १८ श्रावण २०८३, सोमबार ०६:५७

शीतलपाटीन्युज डटकम।
लण्डन। घान्द्रुक समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रम यस वर्ष विशेष र स्मरणीय रूपमा सम्पन्न भयो। कार्यक्रममा एउटा यस्तो व्यक्तित्वलाई सम्मान गर्ने सौभाग्य मिल्यो, जो जन्मले घान्द्रुके नभए पनि आफ्नो जीवनका अमूल्य १४ वर्ष घान्द्रुक गाउँमै बिताउँदै शिक्षा क्षेत्रमा अतुलनीय योगदान दिनुभएको आदरणीय पूर्व प्रधानाध्यापक श्री पौडेल सर हुनुहुन्छ।

वि.सं. २०३४ सालतिर घान्द्रुक गाउँमा अधिकांश युवा लाहुरे बन्ने चलन थियो। त्यस्तो समयमा शिक्षाको ज्योति बाल्ने अठोटका साथ उहाँले घर घरमा पुगेर छोरी चेलीलाई पनि पढाउनुपर्छ भन्ने चेतना फैलाउनुभयो। छानोसमेत नभएको एउटा सानो कक्षाकोठामा दुई चार जना विद्यार्थीबाट सुरु भएको विद्यालय आज घान्द्रुकको गौरव बनेको छ।

जापानी तथा अन्य सहयोगी दातासँग समन्वय गर्दै, चन्दा संकलन गरेर आशाका घरहरूले निर्माण गरेको त्यो शिक्षाको मन्दिर आज पनि प्रेरणाको प्रतीक बनेको छ। त्यस विद्यालयको अवलोकन गर्न तत्कालीन राजपरिवारसमेत आउनुभएको इतिहासले यसको महत्व अझ प्रस्ट पार्छ।

धेरै बाधा र चुनौतीको सामना गर्दै १४ वर्षसम्म घान्द्रुकको शिक्षा विकासमा समर्पित रहनुभएका पौडेल सर आज ८५ वर्षको उमेरमा पनि घान्द्रुकको प्रशंसा गर्न कहिल्यै थाक्नुहुन्न। उहाँले घान्द्रुकको इतिहास र गौरव समेटिएको पुस्तकसमेत लेख्नुभएको छ। घान्द्रुक विद्यालयका संस्थापक प्रधानाध्यापकका रूपमा उहाँको योगदान सधैं स्मरणीय रहनेछ।

आज बेलायतमा ८० भन्दा बढी प्रवासी घान्द्रुकेहरूको उपस्थितिमा उहाँलाई सम्मान गर्न पाउनु हामी सबैका लागि गर्वको विषय बनेको छ। उहाँले घान्द्रुकका लागि पुर्‍याउनुभएको योगदान हामी घान्द्रुकेहरूले कहिल्यै बिर्सने छैनौं।

आदरणीय पौडेल सरप्रति हार्दिक सम्मान, कृतज्ञता र दीर्घायुको शुभकामना।

जय मेश्रम।
जय घान्द्रुक।
(बिमल गुरुड्गको
फेसबुक वालबाट साभार)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ