समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) प्रति हार्दिक श्रद्धाञ्जली !

  शीतलपाटीन्युज डटकम | १८ श्रावण २०८३, सोमबार ०७:२२

शीतलपाटीन्युज डटकम।
लण्डन। विश्वप्रसिद्ध नेपाली पर्वतारोही,विश्व कीर्तिमानधारी, एलिट एक्स्पेडका संस्थापक तथा पूर्व ब्रिटिस सैनिक निर्मल पुर्जा (निम्स दाइ) को पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा भएको दुःखद निधनमा गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके गहिरो दुःख व्यक्त गर्दछ।

निर्मल पुर्जा (निम्स दाइ) केवल एक असाधारण पर्वतारोही मात्र नभई बेलायतमा बसोबास गर्ने नेपाली समुदायको गौरव, प्रेरणा र पहिचान हुनुहुन्थ्यो। बेलायती गोर्खा सेनामा उहाँको समर्पित सेवा र त्यसपछिका ऐतिहासिक पर्वतारोहण उपलब्धिहरूले नेपाल र संयुक्त अधिराज्य (यूके) बीचको सम्बन्धलाई अझ गौरवान्वित बनाएका थिए। उहाँको सफलता विश्वभर रहेका नेपाली, विशेषगरी यूकेस्थित नेपाली समुदायका लागि अपार गर्वको विषय थियो।
उहाँको असामयिक निधनले नेपालले एक महान् राष्ट्रिय व्यक्तित्व गुमाएको छ भने यूकेस्थित नेपाली समुदायले आफ्नो प्रेरणा, गौरव र एक असाधारण व्यक्तित्व गुमाएको महसुस गरेको छ।
उहाँको साहस,नेतृत्व,समर्पण र राष्ट्रप्रतिको योगदान सधैँ स्मरणीय रहनेछ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके निर्मल पुर्जा (निम्स दाइ) सहित यस दुःखद घटनामा ज्यान गुमाउनु भएका सम्पूर्ण आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दछ। साथै शोकसन्तप्त परिवार,आफन्त तथा सम्पूर्ण नेपाली समुदायप्रति हार्दिक समवेदना व्यक्त गर्दछ भन्दै १ अगस्ट २०२६, अध्यक्ष एवम एनआरएन युके परिवालले प्रेष बिज्ञप्ती निकालेको छ।

Screenshot

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ