समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शुक्रवार अन्तरसदनात्मक नेपाली भाषा कौशल प्रतियोगिता सम्पन्न

  शीतलपाटीन्युज डटकम | २० श्रावण २०८३, बुधबार १६:२४

शीतलपाटीन्युज डटकम।
पोखरा। पोखरा महानगरपालिका वडा नं.४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शुक्रवार वार्षिक कार्यतालिका अनुसार अन्तरसदनात्मक नेपाली भाषा कौशल प्रतियोगिता सम्पन्न भएको छ। आधारभूत तह अन्तर्गतको कार्यक्रम आधारभूत तह इन्चार्ज सजनी माजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लालीगुराँस सदनका आदित्य खत्री कक्षा ८(ख),आयुषा लामा कक्षा ८(क), आविष्कार लामिछाने कक्षा ६(ख) र सिजन लम्साल कक्षा ७(क) को समूह प्रथम भएका छन्।

कुमारी सदनका श्रीयांश द्विवेदी कक्षा ८(ख),चाहना आचार्य कक्षा ८(ख),श्रद्धा के।सी।कक्षा ८(ग) र श्रेयान के.सी.कक्षा ७(ग) को समूह दोस्रो भएका छन्। त्यस्तै दोस्रो चरणको माध्यमिक तह (कक्षा ९ र १०) को कार्यक्रम विद्यालयका सह प्राचार्य मुकेश कुमार अधिकारीको अध्यक्षता सम्पन्न कार्यक्रममा डाँफे सदनका दिव्या आचार्य कक्षा १०(ग),प्रतिष्ठा के.सी.कक्षा ९(क), ईशवर बिष्ट कक्षा १०(ख) र आरुषी रायमाझी कक्षा९(ग) को समूह प्रथम भएको छ ।त्यस्तै लालीगुराँस सदनका नमराज अधिकारी कक्षा ९(ख),एरङ कार्की कक्षा १० (ग),प्रिन्स श्रेष्ठ कक्षा ९(ख) र एलिश आउजी कक्षा ९(ग) को समूह दोस्रो भएका छन् ।

अतिरिक्त क्रियाकलाप इन्चार्ज दिपेन्द्र थापा मगरले सञ्चालन गरेको कार्यक्रममा शिक्षकहरू उमा पोख्रेल,दिपक के.सी.र रोशनी श्रेष्ठले निर्णायकको भूमिका निभाएका थिए ।शिक्षक भुवन गुरुङको प्राविधिक सहयोग रहेको कार्यक्रममा मनिष पौडेलले अङ्कनको भूमिका र समीक्षा अर्यालले समय पालकको भूमिका निभाएको कुरा शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिए।
(बाल अधिकार डटकमबाट)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ