समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक सम्पर्क विहीन

  शीतलपाटीन्युज डटकम | २० श्रावण २०८३, बुधबार १६:३८

शीतलपाटीन्युज डटकम।
पोखरा। कास्कीको मर्दी हिमाल पदयात्रामा निस्किएका पोखराका ३ जना युवक जंगलमा अलपत्र परेका छन्। माछापुच्छ्रे गाउँपालिका ९ स्थित बादलडाँडा क्षेत्रबाट उनीहरु सम्पर्कविहीन भएका हुन्। पोखरा महानगरपालिका १४ खसिबजार बस्ने २४ वर्षका अजित जिसी, २३ वर्षका युकेश गुरुङ र २३ वर्षका दिपेश गुरुङ बेपत्ता भएको प्रहरीले जनाएको छ।

उनीहरु आज बिहान ८ बजेसम्म सम्पर्कमा थिए। त्यसपछि मोबाइल अफ भएकाले उनीहरुसँग सम्पर्क हुन सकेको छैन। युवकहरु हराएको सूचना बिहान ११ बजे प्राप्त भएपछि खोजी कार्य तीव्र पारिएको छ। सुरुमा बादलडाँडाका होटल व्यवसायी प्रेम अधिकारीसहित ४ जनाको टोली खोजीमा खटिएको थियो।

घटनाको थप जानकारी लिन र खोजी गर्न भेँडावारी प्रहरी पोस्टबाट प्रहरी हवल्दार जीवन बरालको नेतृत्वमा २ जनाको टोली परिचालन गरिएको छ। यो टोलीले स्थानीय बासिन्दा र बेपत्ताका आफन्तसँग समन्वय गरिरहेको छ। अहिलेसम्म युवकहरु फेला परेका छैनन्।

दिउँसो २ बजे युवकहरु अन्नपूर्ण गाउँपालिका ११ छुमरुङको फेदीस्थित मोदी खोलापारि रहेको सूचना प्राप्त भएको छ। सो क्षेत्रमा खोजीका लागि प्रहरी चौकी घान्द्रुकबाट प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेलको नेतृत्वमा २ जनाको टोली खटिएको छ।
(समाधान न्युजबाट)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ