समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

एनआरएनएको एशिया क्षेत्रीय सम्मेलन यस चिनको गंन्जाओमा आगामी अगष्ट १५ र १६ तारिखमा सम्पन्न हुने

  शीतलपाटीन्युज डटकम | २३ श्रावण २०८३, शनिबार १०:१४

शीतलपाटीन्युज डटकम।
लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को एशिया क्षेत्रीय सम्मेलन यस वर्ष चीनको गंन्जाओमा आयोजना हुने भएको छ। आगामी अगष्ट १५ र १६ तारिखमा सम्पन्न हुने उक्त सम्मेलनमा नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आंदम्बे प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएको छ।

एनआरएनए एशिया क्षेत्रीय संयोजक दीपक कंडेलका अनुसार सम्मेलनलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन नेपालका प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहनेछ। उनका अनुसार सम्मेलनमा नेपालको विकास,पर्यटन प्रवर्द्धन,वैदेशिक लगानी आकर्षण तथा गैरआवासीय नेपालीहरूको भूमिका लगायतका विषयमा व्यापक छलफल गरिनेछ।

सम्मेलनमा संघीय संसदका सदस्यहरू मनिषा झा,जगदीश खरेल,ऐनबहादुर महर,युवराज दुलाल,क्षितिज थेबे,खुश्बु ओली,एरेन राई र खगेन्द्र सुनार तथा पूर्व सांसद सूर्य पाठक सहभागी हुनेछन्। त्यस्तै,अन्य सहभागीहरूमा अरुण कुमार सुवेदी र राजेन्द्र बनियाँ पनि रहनेछन्।

एनआरएनएले आयोजना गर्ने यस्ता क्षेत्रीय सम्मेलनहरूले विश्वभर रहेका नेपालीहरूलाई एकै ठाउँमा ल्याउने, अनुभव आदानप्रदान गर्ने तथा नेपालको आर्थिक विकासमा प्रत्यक्ष योगदान पुर्‍याउने उद्देश्य राखेको छ। यस सम्मेलनबाट विशेषगरी एशिया क्षेत्रमा रहेका नेपाली व्यवसायी,विज्ञ तथा पेशाकर्मीहरूबीच सहकार्यको नयाँ ढोका खुल्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा विभिन्न सत्रहरू मार्फत पर्यटन क्षेत्रको सम्भावना, नेपालमा लगानीको वातावरण,नीति सुधारका आवश्यकता तथा गैरआवासीय नेपालीहरूको अधिकार र भूमिका विषयमा गहन छलफल गरिनेछ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ