समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

लण्डनमा हिमालयन मोमो “झोल मम : फास्टफुड संचालनमा

  शीतलपाटीन्युज डटकम | २५ श्रावण २०८३, सोमबार ०७:५६

शीतलपाटीन्युज डटकम।
लन्डन। बेलायतमा युवा उद्यमी विकास नेपाल र श्रीमती सुषमा शर्माले ‘द हिमालयन मोमो’ अन्तर्गत ‘झोल मोमो’ ब्रान्डको फास्ट फुड चेन सञ्चालनमा ल्याएका छन्। लन्डनको क्यामडेन टाउनबाट औपचारिक फुड ब्यवसायका रूपमा सुरु गरिएको यो व्यवसायलाई फ्रेन्चाइज मोडलमार्फत विस्तार गर्ने योजना रहेको बताइएको छ।

बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले शनिबार क्यामडेन टाउनस्थित बक्स पार्कमा रहेको झोल मोमो आउटलेटको उद्घाटन गरेको समाचार छ। मोमो जस्तो लोकप्रिय नेपाली खानालाई बेलायतमा चिनाउन गरिएको प्रयासको कावा राजदुत दुवाडीले प्रशंसा गरे। उनले बेलायतमा रहेका नेपालीहरुको उद्यमशीलताको प्रशंसा गर्दै खानाको उच्च गुण स्तर र ग्राहकलाई उच्च स्तरीय सेवा प्रदान गर्न यो व्यवसाय सफल होस् भन्ने शुभकामना पनि दिएका थिए।


रेस्टुरेन्ट शैलीभन्दा भिन्न,छिटो र सरल सेवा दिने उद्देश्यले यो ब्रान्ड सुरु गरिएको नेपाल फुड्सका कार्यकारी निर्देशक बिकाश नेपालले बताउदै उनले हाल उक्त आउटलेट मोमो,मसला चिया र कुल्फी उपलब्ध रहेको बताएका छन। खानाको क्षेत्रमा अस्कर पनि भनिने बेलायतको प्रतिष्ठित ‘ग्रेट टेस्ट अवार्ड’जितिसकेका मोमो,चिया र कुल्फीलाई यो कन्सेप्टमा समावेश गरिएको छ।

संचालक बिकास शर्मा र श्रीमती सुष्मा शर्मा

उद्यमी नेपालका अनुसार ५ देखि १० हजार पाउण्डको पुँजीमै नयाँ आउटलेट सुरु गर्न सकिन्छ र प्रतिफल पनि छिट्टै आउँछ।

एकजना व्यक्तिले सजिलै सञ्चालन गर्न सक्ने गरी प्रणाली तयार पारिएको र कम्पनीले एक महिनाभित्रै सम्पूर्ण सेटअप मिलाइदिने पनि उनले जनाए।

फ्रान्चिजी कन्सेप्टमा क्याम्डेनटाउन पछि अर्को महिना लण्डनको हेज र टुटीङमा आउटलेट खोल्ने योजना रहेकोर सन् २०२६ भित्र युकेमा १० वटा आउटलेट खोल्ने र भारतमा पनि विस्तार गर्ने लक्ष्य रहेको नेपालए बताए।

क्यामडेन टाउनको झोल मोमो आउटलेटको प्रबन्ध संचालक रहेका युवा उद्यमी भूपेन्द्र बिष्टले स्थानीय ब्रिटिश ग्राहकहरूलाई आकर्षित गर्न कम्पनीले झोल मोमोको ‘निःशुल्क स्याम्प्लिङ’ गराउने रणनीति लिएको छ। सेन्ट्रल लन्डनहुँदै नेपाली स्वादलाई विश्वभर फैलाउने योजना रहेको उध्दमी नेपालले बताएका छन।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ