समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

बीसीसी गुम्बामा निर्मल पुर्जाको स्मृतिमा दीप प्रज्वलन तथा पूजापाठ

  शीतलपाटीन्युज डटकम | २८ श्रावण २०८३, बिहीबार १०:२५

पूर्ण गुरुङ,
लण्डन। विश्व प्रसिद्ध हिमाल आरोही निर्मल पुर्जा (निम्स दाइ) को असामयिक निधनको शोकमा गत मङ्गलबार (११ अगस्ट) का दिन बेलायतको अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युके गुम्बामा दीप प्रज्वलन तथा विशेष पूजापाठ सम्पन्न भएको छ।

गत जुलाई ३० तारिकका दिन पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणको क्रममा विश्व किर्तिमानी हिमाल आरोही निम्स पूर्जासहित १० जनाको हिम पहिरोमा परी निधन भएको थियो । उनीहरु सबैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

कार्यक्रममा पूज्य गुरुवर्गहरू रिन्पोछे लुङ्गरिक,खेन्पो वाङ्गचुक, खेन्पो क्याल्जेङ्ग र आचार्य पासाङद्वारा मोलम पाठ तथा विशेष पूजापाठ गरिएको थियो।

उक्त कार्यक्रममा बीसीसी युकेका अध्यक्ष आङदावा शेर्पा, बीसीसी युकेका संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ,आमा प्रमुख शारदा गुरुङले संयुक्त रूपमा दीप प्रज्ज्वलन गरी दिवंगत आत्माहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यस्तै,बीसीसी युकेका पदाधिकारी,सल्लाहकार,ट्रष्टीज मेम्बर्स तथा आमाहरुले समेत १०८ वटा दीप प्रज्वलन गरी दिवंगत आत्माको चिर शान्तिको कामना गरे।

हाल निर्मल पूर्जाको पार्थिव शरीर बेलायत ल्याई सकिएको र २६ अगष्टका बुधबारका दिन अन्त्येष्टी गरिने बतार्ईएको छ।

बीसीसी युकेका अध्यक्ष आङदावा शेर्पाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमलाई बीसीसी युकेका महासचिव मेजर कुमार गुरुङ एमभीओले संचालन गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ