समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

रसुवाको टिमुरे क्षेत्रमा आएको भीषण बाढीपछि २८ जना प्रहरी सम्पर्कविहीन

  शीतलपाटीन्युज डटकम | १० भाद्र २०८३, बुधबार १३:२२

शीतलपाटीन्युज डटकम।
रसुवा,रसुवाको टिमुरे क्षेत्रमा आएको भीषण बाढीपछि २८ जना प्रहरी सम्पर्कविहीन भएका छन्।

टिमुरे बजारमा बिहान करिब ९ बजे आएको आकस्मिक बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टर अम्बिर खत्रीसहित ९ जना सम्पर्कविहीन भएको यसअघि प्राप्त विवरण थियो। टिमुरे क्षेत्रमा खटिएको नेपाल प्रहरीको टोलीसमेत सम्पर्कमा नरहेको बताइएको छ । नेपाल प्रहरीतर्फ कति जना सम्पर्कविहीन छन् भन्ने यकिन विवरण भने आउन बाँकी छ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत ३० जनामध्ये ६ जना बिदामा रहेको र १५ जना सुरक्षित अवस्थामा रहेको स्रोतले जनाएको छ। ड्युटीमा खटिएका ९ जना भने बाढीपछि सम्पर्कविहीन भएका हुन्। बीओपीमा भने बाढीले क्षति नपुर्‍याएको बताइएको छ।

चीनतर्फबाट आएको ठूलो बाढीसँगै लेदो र माटो बजार क्षेत्रमा पसेपछि टिमुरेका घर, पसल, होटल तथा सवारीसाधनमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण छ। बजार रहेको क्षेत्रमा समेत अहिले नदी बगेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

यसैबीच नुवाकोट कारागारमा समेत आकस्मिक बाढी पसेको छ। बाढी कारागारको एक तला माथिसम्म पुगेको कारागार प्रशासनले जनाएको छ।

कारागार प्रशासनका अनुसार बाढीपछि सबै कैदीबन्दीलाई सुरक्षित स्थानमा राखिएको छ। अहिले पानीको सतह घट्ने क्रममा रहेको जनाइएको छ।

रसुवामा आएको बाढी त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा अघि बढिरहेको छ। बाढी पूर्वानुमान महाशाखाले धादिङको गल्छी आसपास पुगेको बाढी केही घण्टामा मुग्लिन पार गर्ने अनुमान गर्दै त्रिशूली नदी आसपासका बस्ती र बजार क्षेत्र खाली गरी सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
पर्दाफासन्युजबाट साभार।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ