समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

बेलायत-बाढी प्रभावितको तत्काल खोजी,उद्धार र राहतमा जुट्न एनआरएनए युकेको आग्रह

  शीतलपाटीन्युज डटकम | ११ भाद्र २०८३, बिहीबार ०५:४०

शीतलपाटीन्युज डटकम।
लण्डन। भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले तत्काल खोजी,उद्धार र आपतकालीन राहत कार्यमा जुट्न सरकार र सरोकारवाला निकायसँग जोडदार माग गरेको छ।

बुधबार (२६ अगस्ट) एक प्रेस विज्ञप्ति जारी गर्दै संघले रसुवा, नुवाकोट,धादिङ,गोरखा र चितवनलगायतका तटीय क्षेत्रमा भएको अकल्पनीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको हो । संघका अध्यक्ष प्रेम गाहा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा ज्यान गुमाउने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

विपद्को यो दुःखद घडीमा नागरिकको जीवन रक्षा राज्यको पहिलो प्राथमिकता हुनुपर्नेमा संघले जोड दिएको छ। बेपत्ता नागरिकहरूको तत्काल खोजी,जोखिममा परेकाहरूको उद्धार तथा विस्थापितहरूका लागि सुरक्षित बासस्थान र आपतकालीन राहत वितरणमा कुनै कसर बाँकी नराख्न नेपाल सरकार, स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित सम्पूर्ण पक्षको ध्यानाकर्षण गराइएको छ। सम्पूर्ण संयन्त्र प्रभावकारी रूपमा परिचालन गर्न आग्रह गर्दै संघले विपत्तीमा परेकाहरूको सहयोगका लागि एकजुट हुन सबैलाई अनुरोध समेत गरेको छ। साथै,भविश्यमा यस्ता विपतहरुबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि प्राकृतिक बिपतका जोखिमपूर्ण क्षेत्रमा पूर्व सूचना प्रणालीको व्यवस्था गर्न समेत एनआरएनए युकेले सरकारको ध्यानाकर्षण गरएको छ।

यसैगरी,मातृभूमिमा परेको यस गहिरो सङ्कटमा मलम लगाउन र सहयोग गर्न बेलायतवासी नेपालीहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। प्रभावित क्षेत्रमा तत्काल राहत तथा पुनरुत्थानका लागि आवश्यक पहल सुरु भइसकेको जानकारी गराउँदै एनआरएनए युकेले बेलायतमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ,दिदीबहिनी तथा विभिन्न संघसंस्थाहरूलाई यस मानवीय कार्यमा एकजुट भई सक्दो सहयोग गर्न हार्दिक आह्वान गरेको छ।
समाचार-
प्रेम गाहा मगर
अध्यक्ष,गैरआवासीय नेपाली संघ,बेलायत (NRNA UK)

Screenshot

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ