समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

भोटेकोशी बाढीमा १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

  शीतलपाटीन्युज डटकम | ११ भाद्र २०८३, बिहीबार ११:३०

शीतलपाटीन्युज डटकम।
काठमाडौँ। रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा हालसम्म १६५ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअनुसार,धादिङमा २७,नुवाकोटमा १२,रसुवामा २, गोरखामा २०,नवलपरासी पूर्वमा २६,तनहुँमा ९,चितवनमा ६४,नवलपरासी पश्चिममा ५ वटा शव पेला परेको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतले बाढी प्रभावित क्षेत्रमा कार्यरत नेपाली सेनाका ४४ जना,विभिन्न प्रहरीचौकीमा कार्यरत २८ जना नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका १३ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएको जानकारी दिनुभयो।

बाढी प्रभावित रसुवाको टिमुरेबाट हवाई उद्धार १२३ जनामध्ये ९४ जना नेपाली र २९ जना विदेशी नागरिक रहेको प्राधिकरणले जनाएको छ।

यसैबीच,नेपाल पर्यटन बोर्डका अनुसार प्रभावित क्षेत्रबाट प्रारम्भिक विवरणमा ४६६ जना विदेशी र ११३ जना नेपाली यात्रु बेपत्ता भएका छन्।

“बाढीका कारण ३५ वटा मोटरेबल पुल, ४५ वटा झोलुङ्गे पुल र करिब ४० किलोमिटर सडकमा क्षति पुगेको छ”,प्रवक्ता महतले भन्नुभयो,“बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने काम जारी रहेको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ ।”

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ