समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

नेपालमा बाढीपीडितको राहतका लागि ए-स्टार फाइनान्सियल सलुशन्सले गर्यो सहयोग

  शीतलपाटीन्युज डटकम | १२ भाद्र २०८३, शुक्रबार ०४:१३

GNNNEWS-
लन्डन। नेपालको रसुवास्थित भोटेकोशी नदीमा बुधबार (२६ अगस्ट २०२६) बिहान आएको भीषण बाढीबाट रसुवा,नुवाकोट, धादिङ,गोरखा लगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति ए-स्टार परिवारले गहिरो दुःख व्यक्त गरेको छ।


ए-स्टार परिवारले बाढीमा परी ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै,बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्नेमा ए-स्टार परिवारले जोड दिएको छ।

राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले ए-स्टार फाइनान्सियल सलुशन्सले नेपाली रुपैयाँ एक लाख सहयोग गर्ने घोषणा गरेको छ। उक्त रकम प्रधानमंत्री दैवी प्रकोप उद्धार कोषमा सिधै जम्मा गरी सो को जानकारी लन्डनस्थित नेपाली दूतावासलाई गराइएको ए-स्टार फाइनान्सियल सलुशन्सका प्रबन्ध निर्देशक मिन दर्लामीले बताए। उनले नेपाली दूतावाससंग समन्वय गरी सिधै प्रधानमंत्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जम्मा गर्न पनि अपिल गरे। “विगतमा जस्तै यस पटक पनि मन खोलेर सक्दो सहयोग गर्न हामी अपिल गर्दछौं,” उनले भने।

ए-स्टार परिवारले यसअघि पनि नेपालमा गएको महाभूकम्प तथा कोभिड–१९ महामारीलगायतका विपद्का समयमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आएको स्मरण गरेको छ।

ए-स्टार फाइनान्सियल सलुशन्स, ए-स्टार मोर्गेजेज यूके तथा ए-स्टार रियल इस्टेट्स यूकेको तर्फबाट प्रबन्ध निर्देशक मिन दर्लामीले दुःखको यस घडीमा बेलायतस्थित नेपाली समुदाय तथा नेपालका मित्रहरूलाई आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न आग्रह गरेका छन्।

दर्लामीले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत, उद्धार र पुनर्स्थापनाका लागि सामूहिक प्रयास र मानवीय सहयोग आवश्यक रहेको पनि बताए।

(हेर्नोस् प्रेस विज्ञप्ति)

प्रेस विज्ञप्ति
नेपालको रसुवास्थित भोटेकोशी नदीमा २६ अगष्ट २०२६ बिहान आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिंग, गोरखा लगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति ए-स्टार परिवार गहिरो दुःख व्यक्त गर्दछ। हामी यस दुःखद घटनामा निधन हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।

राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले ए-स्टार फाइनान्सियल सोलुसन्सले नेपाली रुपैयाँ एक लाख सहयोग गर्ने घोषणा गर्दछ । उक्त रकम प्रधानमंत्री दैवी प्रकोप उद्धार कोषमा सिधै जम्मा गरी सो को जानकारी लन्डनस्थित नेपाली दूतावासलाई गराइएको छ । नेपाली दूतावाससंग समन्वय गरी सिधै प्रधानमंत्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जम्मा गर्न हामी बेलायतस्थित नेपाली समुदाय, संघसंस्था र व्यवसायहरुलाई अपिल गर्दछौं ।

यस विषम परिस्थितिमा प्रभावित नागरिकहरूको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग पुर्‍याउनु हाम्रो साझा मानवीय दायित्व हो। विगतमा नेपालमा गएको महाभूकम्प तथा कोभिड महामारी लगायतको अवस्थामा पनि ए-स्टार परिवारले सक्दो सहयोग गर्दै आएको स्मरण गर्न चाहन्छौं। दुखको यस घडीमा आआफ्नो स्थानबाट सक्दो सहयोग गर्न हामी बेलायतस्थित नेपाली समुदाय तथा नेपालका मित्रहरुलाई आग्रह गर्दछौं।

मिन दर्लामी

प्रबन्ध निर्देशक

ए- स्टार फाइनान्सिएल सलुशन्स युके

ए-स्टार मोर्गेजेज

ए-स्टार रियल एस्टेट्स युके

मिति: २७ अगष्ट २०२६

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ