समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

रसुवा बाढीका मृतकको सम्झनामा बेलायतमा दीप प्रज्वलन गरिने

  शीतलपाटीन्युज डटकम | १३ भाद्र २०८३, शनिबार १७:०५

लन्डन। गैरआवासीय नेपाली संघ बेलायत (NRNA) ले नेपालको रसुवामा गएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूको सम्झनामा विशेष श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्ने भएको छ।

शोकसभा आगामी सेप्टेम्बर १,२०२६ (मंगलबार) का दिन आयोजना हुन लागेको हो। प्रिन्सेस गार्डेन्स (कुलवीर थापा भिसी मेमोरियल),एल्डरशट,पोस्टकोडमा GU11 1NX मा स्थानीय समय अनुसार साँझ सवा ७ बजे हुने आयोजक एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले बताउनुभयो।

प्रवासमा रहेका नेपालीहरूले मातृभूमिमा परेको यस प्राकृतिक विपद्प्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनमा समवेदना प्रकट गर्न यो कार्यक्रमको आयोजना गरेका हुन् । यस दीप प्रज्वलन कार्यक्रममा उपस्थित भई दिवंगत आत्माको चिरशान्तिको कामना गर्न बेलायतवासी सम्पूर्ण नेपालीहरूलाई आह्वान गरिएको छ।

गत अगस्ट २६ मा रसुवा र आसपासका क्षेत्रमा आएको भयानक बाढी र पहिरोले ठूलो जनधनको क्षति गरेको थियो । सरकारी तथ्याङ्क अनुसार अहिलेसम्म रसुवा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६२६ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार शनिबार बिहान १० बजेमसम्म ६ सय २६ जनाको विभिन्न जिल्लामा शव फेला परेको छ । भदौ १० गते बुधबार तिब्बतमा हिमपहिरो आउँदा चीनसँगै नेपालतर्फ रसुवा,नुवाकोट,गोरखा,धादिङ,चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ। यी जिल्लामा खोज कार्य चलिरहेको छ।

चार दिनसम्म मृत्यु हुनेको संख्या ६ सय २६ पुगेको छ । यो संख्या अझै बढ्ने अनुमान छ। हालसम्म सबैभन्दा धेरै चितवनमा २ सय ३३ जनाको शव फेला परेको छ।

यस्तै रसुवामा १३,नुवाकोटमा ५१,गोरखामा ४८,धादिङमा ४५, नवलपरासी पूर्वमा १ सय ५८,नवलपरासी पश्चिममा ४७ र तनहुँमा ३१ जनाको शव फेला परेको प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ