समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

अफ्रिकाबाट नेपालका बाढीपीडितका लागि एक करोडभन्दा बढी राहत जुट्दै

  शीतलपाटीन्युज डटकम | १५ भाद्र २०८३, सोमबार १४:३५

शीतलपाटीन्युज डटकम।
“नाइजेरियाबाट १८ लाख, कंगोबाट १३ लाख संकलन; युगान्डाबाट १० हजार १०१ अमेरिकी डलर सहयोग घोषणा”

लागोस,नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् तथा नेपाली समुदायले राहत संकलन अभियानलाई तीव्र बनाएका छन्।
अफ्रिकाका विभिन्न देशमा रहेका नेपालीहरूले मातृभूमिमा परेको विपद्मा सहयोग गर्ने उद्देश्यले सञ्चालन गरेको अभियानबाट हालसम्म उल्लेख्य रकम संकलन भइसकेको छ। एनआरएनए नाइजेरियाले हालसम्म १८ लाख रुपैयाँ सहयोग संकलन गरेको छ भने एनआरएनए कंगोले १३ लाख रुपैयाँ र एनआरएनए घानाले १ लाख ५० हजार रुपैयाँ संकलन गरिसकेको जनाइएको छ।
यसैगरी केन्या, सेसेल्स, तान्जानिया, दक्षिण अफ्रिका, रुवान्डा लगायतका देशमा रहेका एनआरएनए शाखा तथा नेपाली समुदाय पनि राहत संकलन अभियानमा सक्रिय छन्। ती देशहरूमा सहयोग संकलनको क्रम जारी रहेको बताइएको छ।

यसैबीच, एनआरएनए युगान्डाकी अध्यक्ष रमा अर्यालले १० हजार १०१ अमेरिकी डलर नेपालका बाढीपीडितका लागि सहयोग गर्ने घोषणा गरेकी छन्। अफ्रिकामा रहेका नेपाली समुदायबाट व्यक्तिगत तथा संस्थागत रूपमा समेत सहयोग जुटिरहेको छ।

एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापाका अनुसार अफ्रिकाका विभिन्न देशमा रहेका एनआरएनए शाखा तथा गैरआवासीय नेपालीहरूबाट एक करोड रुपैयाँभन्दा बढी रकम संकलन हुने अपेक्षा गरिएको छ। उक्त रकम नेपाल सरकारलाई बाढीपीडितको राहत तथा पुनःस्थापनामा प्रयोग हुने गरी हस्तान्तरण गरिनेछ।

नेपालमा प्राकृतिक विपद्का बेला प्रवासमा रहेका नेपालीहरूले निरन्तर सहयोग गर्दै आएका छन्। यसपटक पनि अफ्रिकाका विभिन्न मुलुकमा रहेका नेपालीहरूको सक्रियताले विपद्मा मातृभूमिप्रतिको उनीहरूको ऐक्यबद्धता र मानवीय भावना थप बलियो रूपमा देखाएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ