समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

चार भञ्ज्याङ तमु समाज यूकेद्वारा भोटेकोशि बाढीपीडित राहतका लागि नेपाल सरकारलाई १५ लाख रुपैयाँ सहयोग।

  शीतलपाटीन्युज डटकम | १८ भाद्र २०८३, बिहीबार ११:२६

शीतलपाटीन्युज डटकम।
लन्डन,३ सेप्टेम्बर २०२६। चार भञ्ज्याङ तमु समाज यूके (CBTS UK) ले नेपालको भोटेकोशी नदीमा २६ अगस्ट २०२६ मा आएको विनाशकारी बाढीबाट प्रभावित पीडितहरूको राहत तथा उद्धारका लागि नेपाल सरकारलाई १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

चार भञ्ज्याङ तमु समाज यूकेका अध्यक्ष श्री दुर्गा गुरुङको अध्यक्षतामा,१ सेप्टेम्बर २०२६ बेलुका CBTS ICC अध्यक्ष,सल्लाहकारज्यूहरू,आमा प्रमुखज्यू तथा वर्तमान कार्यसमितिका सदस्यज्यूहरूको उपस्थितिमा बसेको आकस्मिक बैठकले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ। साथै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरिएको छ।

यस राष्ट्रिय विपद्को घडीमा देश तथा विदेशमा रहेका सम्पूर्ण चार भञ्ज्याङ सदस्यहरूलाई एकजुट भई मानवीय,प्राविधिक तथा आर्थिक सहयोग पुर्‍याउन बैठकले हार्दिक अपिल गरेको छ।

बैठकको निर्णयअनुसार बाढीपीडितहरूलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले चार भञ्ज्याङ तमु समाजकी चेली तथा यस क्षेत्रकी जनप्रतिनिधि माननीय श्रीमती बिना गुरुङज्यू मार्फत ५ लाख रुपैयाँ तत्कालै नेपाल हस्तान्तरण गरिसकिएको छ।

यसका साथै,चार भञ्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष क्याप्टेन देउबहादुर गुरुङज्यूको संयोजनमा नेपाल,बेलायत,हङ्कङ,युरोप र जपान गरि यसका ७ एकाइहरु सङ समन्वे गरि थप १० लाख रुपैयाँ स्वयंसेवी योगदान (voluntary contribution) मार्फत संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको छ। संकलित रकम यथासम्भव छिटो प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ।

चार भञ्ज्याङ तमु समाज यूकेले नेपालमा आइपरेका विभिन्न प्राकृतिक तथा मानवीय विपद्का समयमा विगतदेखि नै निरन्तर सहयोग गर्दै आएको छ।

सन् २०१५ को विनाशकारी महाभूकम्पका समयमा संस्थाले पर्वतको चार भञ्ज्याङ क्षेत्रका लागि ५,००० स्टर्लिङ पाउन्ड, तमु धीं यूकेमार्फत एनआरएनलाई ३,००० पाउन्ड तथा प्रधानमन्त्री राहत कोषमा २,००० पाउन्ड मानवीय सहयोग गरेको थियो।

त्यसैगरी, सन् २०२० को कोभिड–१९ महामारीका समयमा एनआरएनमार्फत ५ लाख रुपैयाँ सहयोग गर्नुका साथै चार भञ्ज्याङ क्षेत्रमा रहेको लुङ्खु देउराली अस्पतालका लागि व्यक्तिगत संकलनबाट ४ वटा भेन्टिलेटर, अक्सिजन मोनिटर तथा अन्य आवश्यक स्वास्थ्य सामग्रीहरू पठाएर सहयोग गरिएको थियो।

बैठकमा सहभागी सदस्यहरूले देशमा आएको यस विपत्तिको घडीमा सबै नेपालीहरू एकजुट भई सरकार तथा बाढीपीडित जनतालाई आ–आफ्नो क्षमता र सामर्थ्यअनुसार सक्दो सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

चार भञ्ज्याङ तमु समाज यूकेको यो सहयोग केवल आर्थिक सहयोग मात्र नभई विपद्को समयमा नेपाल र नेपाली जनताप्रतिको आफ्नो मानवीय उत्तरदायित्व, ऐक्यबद्धता र मातृभूमिप्रतिको गहिरो माया एवं सद्भावको निरन्तरता हो।

साथै माहासचिब अनिल गुरुङले सन्चालन गर्नुभएको उक्त बैठकमा CBTS ICC का अध्यक्ष क्यप्टेन देउ बहदुर गुरुङ,CBTS ICC/UK का पुर्ब अध्यक्ष ले चन्द्र गुरुङ,CBTS UK का प्रमुख सल्लहाकार क्यप्टेन कृश्ण बहदुर गुरुङ,CBTSUK आमा प्रमुख अमला गुरुङ,CBTSUK का पुर्ब अध्यक्ष हरु मेजर कृश्ण गुरुङ,मदन गुरुङ,सल्लहाकार/तमु धि युके का पुर्ब अध्यक्षहरु ग्याम गुरुङ हरि गुरुङ,सल्लहाकार टेक बहादुर गुरुङ,सस्थाका उपाअध्यक्ष अमर गुरुङ,कोशाअध्य बिमला गुरुङ कल्चर सेक्रेटरि प्रकास गुरुङ लगाएत कार्यसमिति सदस्यहरुको उपस्थित थियो।

जय चार भन्ज्याङ तमु समज युके।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ