समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

गोर्खा नेपाली कम्युनिटि डार्बि,बेलायतले प्रधानमन्त्री राहत कोषमा १५ लाख रुपैयाँ सहयोग ।

  शीतलपाटीन्युज डटकम | १९ भाद्र २०८३, शुक्रबार ००:२८

शीतलपाटीन्युज डटकम।
लण्डन। गोर्खा नेपाली कम्युनिटि डार्बिको आव्हानमा डार्बि र आसपासका क्षेत्रमा रहेका नेपाली समुदायको सहभागितामा नेपालमा भोटेकोशि नदिमा आएको बाढि बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले संकलित रकम १५ लाख,२३ हजार,८३९ रुपिया रुपैयाँ नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गरेको संस्थाका महासचिब बिश्व घिमिरे ले बताए। डार्बिका नेपाली समुदायको यो योगदानले प्रवासमा रहेका नेपालीहरूको एकता,सामाजिक उत्तरदायित्व र मातृभूमिप्रतिको गहिरो सम्बन्धलाई प्रतिबिम्बित गरेको छ। मातृभूमिमा परेको विपद्को समयमा प्रवासमा रहेका नेपाली समुदायले आफ्नो देशका लागि हमेशा हरसम्भव साथ र सहयोग दिंदै आएको र आफ्नो सामाजिक तथा मानवीय दायित्व निर्वाह गर्दै राहत कोषमा सहयोग गरेको संस्थाका कोषाध्यक्ष राम क्षेत्री ले बताए।

Screenshot

विदेशमा रहे पनि नेपालमा आइपर्ने प्राकृतिक विपत्ति तथा मानवीय संकटका समयमा यस नेपाली समुदायले एकताबद्ध भएर सहयोग गर्दै आएको छ। यसपटक पनि संकलित रकम नेपालमा विपद् बाट प्रभावित नागरिकको उद्धार,राहत तथा पुनर्स्थापनामा उपयोग हुने विश्वास गरिएको छ। संस्थाका सल्लाहकार तथा पुर्ब अध्यक्ष दुर्गा बहादुर श्रेष्ठले विपद्को समयमा पीडित नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई आफ्नो तर्फबाट सकेको सहयोग पुर्‍याउनु समुदायको जिम्मेवारी भएकोले ब्यस्त समयका बाबजुत पनि सम्पुर्ण नेपालि समुदायको सहयोगमा राहत रकम संकलन गर्न सकेको बताएका छन्।

हामी बेलायतमा रहे पनि हाम्रो मन र माया सधैँ नेपालसँग जोडिएको छ। मातृभूमिमा विपद् पर्दा प्रवासमा रहेका नेपाली समुदायले आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नु हाम्रो कर्तव्य हो भन्दै,देशको मन रोएको बेला खुला हृदयले राहत संकलनका लागी साथ र सहयोग गर्ने सम्पुर्ण दाताहरु, कार्यसमितिका सदस्यहरु,संस्थाका सदस्यहरु तथा सुवेच्छुकहरुमा हृदय देखि नै धन्यवाद दिंदै,डार्बि र आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले आगामी दिनमा पनि नेपालमा हुने प्राकृतिक विपत्ति,मानवीय संकटका समयमा आवश्यक सहयोगलाई निरन्तरता दिने कुरामा आफु पुर्ण आशाबादी रहेको संस्थाका अध्यक्ष नबराज मल्ल ठकुरीले बताउनु भयो।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ