समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

डा.रीता गुरुङको विशेष उपस्थितिमा घान्द्रुक काम्चे कोने खलक युकेको वार्षिक भेटघाट सम्पन्न

  शीतलपाटीन्युज डटकम | २१ भाद्र २०८३, आईतवार १२:३५

पूर्ण गुरुङ,
लण्डन। घान्द्रुक काम्चे कोने खलक युकेको १५औँ वार्षिक भेटघाट कार्यक्रम गत शनिबार ५ सेप्टेम्बरका दिन फानबोरोस्थित ग्रेन्ज स्कुलमा भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रममा बेलायत भ्रमणमा रहनुभएकी तिलगंगा आँखा अस्पताल काठमाडौँकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.रीता गुरुङको विशेष उपस्थिति रहेको थियो। समारोहलाई सम्बोधन गर्दै डा.गुरुङले भने “हामी सबैले पढ्नुपर्छ,नपढिकन हामी कहिँ पनि पुग्न सक्दैनौं ।” उनले युकेमा रहेका आफ्नै परिवारका नयाँ पुस्तालाई अध्ययन र सिकाइलाई पहिलो प्राथमिकतामा राख्न प्रेरणा दिईन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को बिशेष कार्यक्रममा भाग लिई बेलायतको बिशेष कार्यक्रममा समेत भाग लिन लण्डन आईपुगेकी डा. गुरुङले परिवारका सदस्यहरुसंग भेट्न पाउँदा अत्यन्त खुशी भएको बताईन्।


सन् २०१२ मा स्थापना भएको यस खलकको वार्षिक भेटघाटको उद्घाटन संस्थापक अध्यक्ष गुणराज गुरुङ तथा ज्येष्ठ नागरिकद्वय गम प्रसाद गुरुङ र कुल बहादुर गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरेका थिए।


खलकका फुपू–पुसाइँ, छोरी–ज्वाइँ,भान्जाभान्जीहरुलाई समेत आमान्त्रण गरिएको कार्यक्रममा विशेष अतिथि डा. रीता गुरुङका साथै लामा फाउन्डेसन नेपालका अध्यक्ष एवम् चलचित्रकर्मी लामा अमृत गुरुङ र नायिका रजनी गुरुङलाई विशेष सम्मान गरियो ।
यसै गरी उच्च शिक्षा हासिल गर्ने,विभिन्न पेसागत पदोन्नति पाएका,नयाँ व्यवसाय सुरु गरेका तथा वैवाहिक बन्धनमा बाँधिएका खलकका सदस्यहरूलाई खदा ओढाएर बधाई एवम् सम्मान व्यक्त गरिएको थियो।

बेलायतका विभिन्न स्थानमा बसोबास गर्ने सदस्यहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा हालै नेपालको भोटेकोशीमा आएको भिषण बाढीका कारण ज्यान गुमाएका विभिन्न व्यक्तिहरुका साथसाथै यसबर्ष स्वर्गारोहण भएका खलकका सदस्य र पितृहरूप्रति १०८ वटा दीप प्रज्वलन गरी १ मिनेट मौन धारणसहित श्रद्धाञ्जली अर्पण गरिएको थियो।

विषम परिस्थितिका कारण यस वर्ष कुनै पनि सांस्कृतिक वा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएन। त्यसको साटो तम्बुला खेल सञ्चालन गर्दै एकअर्कामा सुख-दुख साटेका थिए।

कार्यक्रममा खलकका अध्यक्ष क्याप्टेन चन्द्र बहादुर गुरुङ नेपालमा रहेकाले उपाध्यक्ष ज्ञान गुरुङले स्वागत मन्तव्य दिएका थिए भने सचिव कृष्ण गुरुङले कार्यक्रम संचालन गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ