समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

ध्रुव वन्तको नेतृत्वमा वानाको सडक महोत्सव २०२६

  शीतलपाटीन्युज डटकम | ३१ भाद्र २०८३, बुधबार ११:४५

शीतलपाटीन्युज डटकम।
अमेरीका। कांग्रेस नेता जितेन्द्र गुरुङ अत्याधिक मत सहित २०२५ मे २४ मा बानाको आगामी कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका छन्। अध्यक्षको पदभार सम्हाले लगतै गुरुङले आफ्ना भावी कार्ययोजनाका विभिन्न कार्यक्रमहरुलाई क्यालेन्डरको रुपमा एक पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेका छन्।


जितेन गुरुड्ग,अध्यक्ष बाना
बानाले नेपालका विभिन्न स्थानबाट फरक पहिचान र उद्देश्य सहित अमेरिका पुगेका नेपालीहरुबीच आफ्नो भाषा,संस्कृति र परम्पराको संरक्षण गरी आपसी भाइचाराको सम्बन्ध सुदृढ बनाउन वर्ष २०२६ मा गर्ने कार्यक्रमको सूचिलाई क्यालेन्डरको रुपमा तयार गरेको हो।


प्रभु थापा,ट्रष्टी अध्यक्ष
अध्यक्ष गुरुङका अनुसार अमेरिकामा बसोबास गर्ने युवाहरुबीच एकता तथा सद्भाव बढाउन बाना कप फुटबल प्रतियोगिता आयोजना गर्ने,नेपाली सांस्कृतिक भेषभूषाको संरक्षण तथा महिला शक्तिकरणका लागि तीज विशेष कार्यक्रम गर्ने, नेपाली खाना तथा परिकारहरुलाई परिचित गराउन रोड फूड फेस्टिबल आयोजना गर्ने, दसैँ तथा तिहार विशेष कायक्रम गर्ने, नेपाली डाक्टरहरुद्धारा नै स्वास्थ्य परिक्षणका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने तय भएको जानकारी दिएका छन्।

768,960,0,0.5131578947368421,-1

ध्रुव वन्त,कार्यक्रम संयोजक
बानाका निवर्तमान अध्यक्ष सुवोध विलाश पन्तको कार्यकालमा सुरुवात गरिएको बाआमा कार्यक्रम लाई निरन्तरता दिदै अमेरिकामा रहेका छोराछोरी भेट्न पुगेका आमाबुवालाई लक्षित गरी ज्येष्ठ नागरिक भेटघाट तथा अन्तरक्रियाको कार्यक्रम पनि गरिने कार्यक्रम संयोजक ध्रुव वन्तले जानकारी दिइन् । यस्ता भेटघाटको कार्यक्रमले जेष्ठ नागरिकबिच अनुभव साटासाटको अवसर प्रदान हुने र विदेशी मुलुकमा बस्दा हुने एकांकीपनको मानसिक समस्या टाढा हुने सह – संयोजक रोना केसी गौतमले बताईन।

रोना केशी गौतम,कार्यक्रम सह संयोजक
यस्तै बार्षिक क्यालेन्डर अनुसार अमेरिका बसोबास गर्ने बालबालिका अंग्रेजी भाषामा अब्बल भएतापनि नेपाली भाषा कमजोर हुने विषयलाई मध्यनजर गर्दै नेपाली भाषाको जर्गेना गर्नको लागि बालबालिकाहरुलाई नेपाली भाषा कक्षा सञ्चालनलाई पनि विशेष प्राथमिकताका साथ यस वर्ष पनि सञ्चालन हुने कुरा ट्राष्ट का अध्यक्ष एव पूर्व महासीचव प्रभु थापा ले जानकारी दिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ