समाचार
|बेलायतमा घरधनीहरूका लागि ‘रजिष्टर योर रेंटल प्रपर्टी’ नियम लागू हुँदै : कानुन पालना गर्न विज्ञहरूको आग्रह|बेलायतको कोभेन्ट्रीमा विश्व नेपाली साहित्य महासङ्घ,मिडल्यान्ड शाखा बेलायतद्वारा आयोजित ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयनती भब्य सम्पन्न|लन्डनस्थित नेपाली दूतावासमा गौतम बुद्धको प्रतिमा स्थापना|नागरिकताको फरक मागले प्रक्रिया जटिल बन्यो : मनिष झा|बेलायतमा ११७ औं महाकवि देवकोटा जयन्ती भव्य रूपमा मनाइयो|नेपाली वायु सेवाहरुमाथिको प्रतिबन्ध फुकुवा गर्न इयुसंग पहल भैरहेको छ: मंत्री पौडेल|लन्डनमा “नर्थहोल्ट १०K रन” भव्य रूपमा सम्पन्न|एनआरएन नागरिकता सम्बन्धी कानून तीन महिना भित्रै बन्ने : सांसद झा|नेपाली साहित्य विकास परिषद् युकेको १५औँ कार्यकारिणी समिति चयन|नेकपा एमालेको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन हुदै, अध्यक्षमा प्रभु थापा निश्चित

अल्डरसटमा सृजनशील नेपाली समाज बेलायतद्वारा विश्वकर्मा पूजा सम्पन्न

  शीतलपाटीन्युज डटकम | २ आश्विन २०८३, शुक्रबार २०:५१

शीतलपाटीन्युज डटकम।
अल्डरसट,बेलायत — सृजनशील नेपाली समाज बेलायतको आयोजनामा भगवान विश्वकर्माको पूजा तथा धार्मिक कार्यक्रम अल्डरसटस्थित शिव मन्दिरमा श्रद्धा र भक्तिपूर्वक सम्पन्न भएको छ। बिहीबार,१७ सेप्टेम्बर २०२६ का दिन साँझ ५ बजेदेखि ७ बजेसम्म आयोजित कार्यक्रममा बेलायतमा रहेका नेपाली समुदायका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा समाजका अध्यक्ष विकाश रनपैली, पदाधिकारी, सल्लाहकार तथा विभिन्न क्षेत्रबाट उपस्थित नेपाली समुदायका सदस्यहरूको सहभागिता रहेको थियो। सहभागीहरूले भगवान विश्वकर्माको पूजा–आराधना गर्दै सुख,शान्ति,समृद्धि तथा व्यवसाय र पेशागत सफलताको कामना गरेका थिए।

पूजा कार्यक्रम समाजका वरिष्ठ सल्लाहकारद्वय प्रेम विश्वकर्मा र हिरा पर्तेलको सहभागितामा तथा पण्डितद्वय मधुसुदन सत्याल र गणेश सुवेदीद्वारा वैदिक विधिअनुसार सम्पन्न गरिएको थियो। पूजा–आराधनामा उपस्थित भक्तजनहरूले श्रद्धापूर्वक सहभागिता जनाएका थिए।

सृजनशील नेपाली समाज बेलायतले स्थापना भएदेखि नै विश्वकर्मा पूजालाई निरन्तरता दिँदै आएको छ। समाजका अनुसार पहिलो वर्ष वरिष्ठ सल्लाहकार श्यामलाल सुनार,त्यसपछि क्याप्टेन गोपाल विश्वकर्मा तथा यस वर्ष वरिष्ठ सल्लाहकार प्रेम विश्वकर्मा र हिरा पर्तेलबाट विधिवत रूपमा भगवान विश्वकर्माको पूजा सम्पन्न गरिएको हो।

हिन्दू धार्मिक परम्परामा भगवान विश्वकर्मालाई देवताहरूका शिल्पकार,वास्तुकार तथा निर्माणकलाका देवताका रूपमा मानिन्छ। विशेषगरी कारीगर,निर्माणकर्मी,प्राविधिक,उद्योग–व्यवसायमा आबद्ध व्यक्ति तथा विभिन्न पेशा र सीपसँग सम्बन्धित समुदायले विश्वकर्मा पूजालाई विशेष महत्वका साथ मनाउने गरेका छन्।

विश्वकर्मा पूजाका अवसरमा सहभागीहरूले एक–अर्कामा शुभकामना आदान–प्रदान गर्दै नेपाली मौलिक धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र पुस्तान्तरणमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरेका थिए।

कार्यक्रमको समापन गर्दै शिव मन्दिरका संरक्षक शेरबहादुर सुनारले पूजा कार्यक्रममा सहभागी पण्डितद्वय,भक्तजन,समाजका पदाधिकारी तथा सम्पूर्ण उपस्थित महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले मातृभूमिमा भएका दुःखद् परिस्थितिको समेत स्मरण गर्दै देश तथा विदेशमा रहेका नेपालीहरूको सुख, शान्ति र समृद्धिको कामना गर्नुभयो।

कार्यक्रम सफल बनाउन पूजा सामग्री तथा प्रसादको व्यवस्थापनमा विशेष सहयोग गर्नुहुने समाजकी महासचिव यशोधा रसैली तथा ठाडोभाकाकी चर्चित गायिका मञ्जु विश्वकर्मालाई विशेष धन्यवाद तथा आभार व्यक्त गरिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ