समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

काठमाडौँ-१ का कांग्रेस उम्मेदवारद्वारा स्थानीयसँग अन्तरक्रिया 

  शीतलपाटीन्युज डटकम | ८ कार्तिक २०७९, मंगलवार २०:२४

काठमाडौँ– कांग्रेसका तर्फबाट प्रतिनिधिसभा १ का उम्मेदवार प्रकाशमान सिंह र प्रदेशसभा (१- क) का उम्मेदवार दिपेन्द्र श्रेष्ठले स्थानीयसँग अन्तरक्रिया गरेका छन्।

काठमाडौँ महानगरपालिका–१० बुद्धनगर घिमिरे निवासमा आज उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सामाजिक विकासको, गुणस्तरीय शिक्षा र स्वास्थ्य साथसाथै विगतका प्रगति विवरणका विषयमा छलफल भएको थियो।

नेता सिंह काठमाडौँ-१ बाट प्रतिनिधिसभा सदस्यका लागि चौथो पटक प्रतिस्पर्धामा रहेका छन् ।

यस क्षेत्रमा २०६४ सालदेखि कांग्रेसले जित्दै आएको छ। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सिंहले १० हजार ९ सय ३६ मत ल्याएर विजयी भएका थिए।

उनले विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रलाई ८ सय १८ मतान्तरले पराजित गरेका थिए। नेता सिंह संविधानसभा सदस्य निर्वाचन २०६४ र २०७० र संसदीय निर्वाचन २०७४ मा लगातार सोही क्षेत्रबाट विजयी भएका छन् ।

यसैगरी नेपाल विद्यार्थी संघमा २०५० सालदेखि समावेश भएर राजनीतिक जीवन सुरु गरेका कांग्रेस नेता श्रेष्ठ दोस्रो पटक चुनावी मैदानमा छन्। यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका उनी बाग्मती प्रदेश सरकारका मन्त्रीसमेत थिए।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ