समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

नेपालका लोकप्रिय उत्पादन बेलायतमा बिक्री वितरण गर्दै ‘योर काठमाडौँ’

  शीतलपाटीन्युज डटकम | ४ आश्विन २०८३, आईतवार १९:५४

GNNNEWS
लण्डन। बेलायतमा बसोबास गर्ने उपभोक्ताहरूमाझ नेपाली उत्पादनहरू पुर्‍याउने उद्देश्यका साथ सञ्चालित अनलाइन प्लेटफर्म ‘योर काठमाडौँ’ (https://yourkathmandu.co.uk) ले सफलतापूर्वक पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ। गत सेप्टेम्बर ९ मा कम्पनीले स्थापनाको एक वर्ष पूरा गरेको हो।

बिष्ट ग्रुप लिमिटेड अन्तर्गत सञ्चालित यस प्लेटफर्ममार्फत हाल ४०० भन्दा बढी नेपाली खाद्यान्न तथा अन्य सामग्रीहरू बिक्री-वितरण हुँदै आएका छन्। अधिकांश उत्पादनहरू नेपालबाटै आयात गरिएका छन् भने नेपाल फुड्स तथा अन्य आयातकर्ताहरूमार्फत आउने लोकप्रिय ब्रान्डहरू (जस्तै वाइवाइ चाउचाउ आदि) पनि उपलब्ध छन्। कम्पनीले अहिले बेलायत तथा आयरल्यान्डमा सेवा पुर्‍याउँदै आएको छ।


कम्पनीका संस्थापक तथा निर्देशक भूपेन्द्र बिष्टका अनुसार सन् २०२४ को मध्यतिर वेबसाइट निर्माणको काम सुरु गरी यो व्यवसाय सञ्चालनमा ल्याइएको हो। “हामीले हालै मात्र राज पाण्डेको नेतृत्वमा रहेको राष्ट्रिय पोशाक घर यूकेसँग सहकार्य गरी नेपाली पोशाकहरू पनि प्लेटफर्ममा समावेश गरेका छौँ,” निर्देशक बिष्टले भने,“यसै गरी गत महिनादेखि बेलायतमा रहेका नेपाली गृहिणीहरूले तयार पारेका सेलरोटी तथा डोनटहरू ग्राहकसम्म पुर्‍याउन थालेका छौँ। हामीले बेलायतमै नेपाली गृहिणीहरूलाई घरेलु अचार उत्पादन गर्न पनि प्रोत्साहन गरिरहेका छौँ।”
आगामी दिनमा रिटेल (खुद्रा) बिक्री सुरु गर्ने र युरोपका अन्य मुलुकहरूमा समेत निर्यात विस्तार गर्ने योजना कम्पनीको रहेको बिष्टले बताए। यसका साथै सन् २०२७ सम्ममा आफ्नै वेयरहाउस (गोदाम) भाडामा लिएर सेवालाई अझ व्यवस्थित र प्रभावकारी बनाउने उनको लक्ष्य छ।

‘योर काठमाडौँ’ का निर्देशक बिष्टलाई उनकी धर्मपत्नी, काव्या प्रधान,को पूर्ण सहयोग रहँदै आएको छ। कम्पनीमा हाल बेलायतमा अध्ययनरत ३ जना नेपाली विद्यार्थीहरू तथा नेपालबाट १ जना छात्रले ग्राफिक्स र सोसल मिडिया व्यवस्थापनमा सघाइ रहेका छन्। हालै बिकाश नेपालसंगको सहकार्यमा क्यामदेन टाउनमा ‘झोल मोमो’ आउटलेट सुरु गरेका बिष्ट बेलायत पढ्न आउने नेपाली विद्यार्थीहरूलाई उद्यमी बन्ने दिशामा प्रोत्साहन गरिनुपर्ने जनाउँछन् ।

नेपालको बैतडी (पाटन) स्थायी घर भएका भूपेन्द्र बिष्ट सन् २०२३ को जनवरीमा बेलायत आएका हुन्। बेलायत आउनुअघि उनले नेपालमा नेबिको,ज्योति ग्रुप,मङ्गगलम पाइप र एमएडब्लु ग्रुप जस्ता प्रतिष्ठित कम्पनीहरूमा ब्रान्ड म्यानेजर तथा मार्केटिङ क्षेत्रमा अनुभव हासिल गरेका थिए। हाल उनले नेपाल फुडसंगको सहकार्यमा नयाँ ब्रान्ड ‘झोल मोमो’ को क्यामदेन टाउनस्थित आउटलेटको पनि व्यवस्थापन गरिरहेका छन्।

आगामी दिनमा ग्राहककेन्द्रित सेवा थप विस्तार गर्दै लैजाने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ