समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

भारतमा जन्मिएका आर्को मुखर्जीले नेपालका बाढी पीडित समुदायको सहयोगार्थ गरे लाइभ कन्सर्ट

  शीतलपाटीन्युज डटकम | ५ आश्विन २०८३, सोमबार १८:३२

GNNNEWS-
लन्डन। लोकप्रिय गायक आर्को मुखर्जीले नेपालका बाढी पीडित समुदायको सहयोगार्थ लाइभ कन्सर्ट गरेका छन्।

आइतबार प्रत्यक्ष प्रसारित उक्त कन्सर्ट हेल्पनेपाल नेटवर्कको फेसबुक पेज (www.facebook.com/helpnepalnetwork) मा गएर अझै हेर्न सकिन्छ ।

हाल जर्मनीमा बसोबास गर्ने आर्कोले ‘रेशम फिरिरी, देउरालीमा बतास चल्यो,कलकत्ते काइयो केश मेरो बांगो,हे कान्छा ठट्टैमा यो बैंश जान लाग्यो/जस्ता लोकप्रिय गीतहरु गएका थिए। उनले हिन्दी र नेवारीमा पनि गीत गाएका थिए। उनले नेपालमा गत २६ अगष्टमा गएको भीषण बाढीमा निधन भएका सबै प्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरे।

हेल्पनेपाल नेटवर्क युकेका अध्यक्ष सचिन श्रेष्ठले गायक आर्को, संगीतकार कौस्ताभ लगायत सबैलाई धन्यवाद दिए। उनले यो लिंकमा गएर अझै पनि बाढी पीडितहरुलाई सघाउन सकिने बताए।

https://www.justgiving.com/page/sunday-fundraiser

हेल्पनेपाल नेटवर्क युकेका महासचिव प्रदीप पनेरुले कन्सर्टमा प्रत्यक्षरुपमा जोडिएका सबैलाई हार्दिक धन्यवाद दिए।

कोलकतामा जन्मिएका आर्को मुखर्जी अन्तरराष्ट्रिय रुपमा चिनिएका गायक तथा संगीत अनुसन्धानकर्ता हुन्। उनले ‘गन्धर्व सम्मान’ पनि प्राप्त गरेका छन्।

हेल्प नेपाल नेटवर्क युकेका उपाध्यक्ष प्रसिद्ध प्रधानले गएको तीन सातादेखि हेल्पनेपाल नेटवर्कका स्वयम्सेवकहरु प्रभावित ठाउँमै गएर खाद्यान्न,औषधि,त्रिपाल,खाना पकाउने भाडाकुडा जस्ता अत्यावश्यक सामान वितरण गरिरहेको जनाए। “तपाईंहरुले गर्नु भएको स्वेच्छिक सहयोग पनि हामीले शतप्रतिशत बाढीपीडित समुदायसम्म पुराउने छौं,”उनले भने।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ