समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

पाल्पाली ताराप्रसाद पोखरेललाई विद्यावारिधि

  शीतलपाटीन्युज डटकम | ६ आश्विन २०८३, मंगलवार १५:३२

शीतलपाटीन्युज डटकम।
पोखरा। तालवाराही माध्यमिक विद्यालय,पोखराका प्रधानाध्यापक ताराप्रसाद पोखरेललाई विद्यावारिधि उपाधि प्राप्त भएको छ। उनले ‘आभारभूत तहका मगर माृतभाषी विद्यार्थीको नेपाली भाषा सिकाइ’ विषयमा विद्यावारिधि गरेका हुन्।

मंगलबार त्रिवि शिक्षाशास्त्र संकाय डिनको कार्यालय ग्राजुएट स्कुल अफ एजुेकेशन,कीर्तिपुर,काठमाडौंमा नेपाली शिक्षामा विद्यावारिधि उपाधि प्रयोजनार्थ अन्तिम मौखिक परीक्षा थियो। डिन प्राडा वेदराज आचार्य र शोधनिर्देशक प्राडा केशवराज पोखरेलको उपस्थितिमा विद्यावारिधि गरेका पोखरेललाई हार्दिक बधाई ज्ञापन गरिएको थियो।

पाल्पाली समाज पोखराका पूर्व अध्यक्ष पोखरेल नेपाल पत्रकार महासंघ कास्कीका पूर्व सदस्य हुन्। उनले लामो समयसम्म समाधान दैनिकमा काम गरे। केही समय प्रहरी सेवामा समेत कार्यरत रहेका उनले पछिल्लो समय निकै मेहनत र संघर्षका साथ एकाडेमिक क्षेत्रलाई अघि बढाउँदै गरे । उनको अर्को परिचय साहित्यकार पनि हो। गीताञ्जली साहित्य परिवारमा समेत जोडिएका उनको ‘अभीषप्त वर्तमान’ कविता कृति प्रकाशित छ । साथै, माध्यमिक नेपाली व्याकरण र निम्न माध्यमिक नेपाली व्याकरण पुस्तक पनि लेखेका छन् भने थुपै पत्रपत्रिकामा उनका लेखरचना,समालोचना प्रकाशित छन् ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२,सोमादीका पोखरेल निकै परिश्रमी,मिजासिला र हँसिलो स्वभावका छन्।

‘आफ्नै गाउँमा मगर समुदायको बसोबास भएकाले उनीहरुको संस्कृति,भाषा र सिकाइबारे अध्ययन गर्ने चाहना सानैदेखि थियो,’उपाधि प्राप्तपछि पोखरेलले आदर्श समाजसँग भने, ‘त्यसैले पिएचडीका लागि पनि यही विषय छनोट गरेँ।’

अध्ययनका लागि उनी रुपन्देहीको एक विद्यालय,जहाँ मगर बस्ती भएको ठाउँ र मगर भाषामै पठनपाठन हुने विद्यालय पुगेका थिए। उनीहरुको संस्कृति,भाषा र सिकाइलाई नेपाली भाषा सिकाइमा पनि प्रयोग गर्न सकेमा मगर संस्कृतिसहित नेपाली भाषाको पनि उन्नयन हुने उनको तर्क छ।
(आदर्श समाजबाट साभार)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ