समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

सांसद विदुषी राणा बेलायतमा,नेपाललाई सघाउन अन्तरराष्ट्रिय समुदायलाई आह्वान

  शीतलपाटीन्युज डटकम | १० आश्विन २०८३, शनिबार ००:४८

GNNNEWS-
लण्डन — हाल बेलायतको भ्रमणमा रहेकी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले नेपालमा हालै आएको भीषण बाढी पछिको पुनर्निर्माणमा नेपाललाई सघाउन अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरेकी छिन्।

ब्रिटेन–नेपाल एकेडेमिक काउन्सिलको २५ औं वार्षिकोत्सवको अवसरमा बिहीबार लण्डनस्थित नेपाली दूतावासमा आयोजित समारोहलाई सम्बोधन गर्दै सांसद राणाले गत अगस्ट २६ मा रसुवा,नुवाकोट र तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण धनजनको ठूलो क्षति भएको जनाइन्।

पछिल्लो तथ्याङ्क अनुसार सो विपद्मा परि १,४०० बढीले जनाले ज्यान गुमाएका छन् भने ६३६ जना विदेशी नागरिकसहित झन्डै ६,००० जना अझै बेपत्ता छन्।

“बेपत्ता हुनुको अर्थ आफ्ना प्रियजनको फोनको पर्खाइमा तड्पिरहेका अभिभावक हुन्,घरको जग नै बगेपछि कहाँ बस्ने भन्ने उत्तरविहीन अन्योलमा परेका परिवार हुन्,” राणाले भनिन् ।

उनले उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी,स्थानीय स्वयंसेवक तथा शिक्षकहरूको अदम्य साहसको प्रशंसा गरिन्। पूर्वसूचना पाउने बित्तिकै तत्काल कदम चालेर सयौँ बालबालिकाको ज्यान जोगाउन सफल प्रधानाध्यापक राजेन्द्र दवाडीको योगदानको चर्चा गर्दै उनले समयमै सही सूचना पुग्दा अमूल्य जीवन बचाउन सकिने उदाहरण यसबाट मिलेको जनाइन्।

यो गहिरो शोकको समयमा ब्रितिश संसदको माथिल्लो सदन (हाउस अफ लर्ड्स) र तल्लो सदन (हाउस अफ कमन्स) मा नेपालको विपद्बारे गहन छलफल गरिएको भन्दै सांसद राणाले बेलायती सरकार,जनता र जनप्रतिनिधिहरूप्रति हार्दिक आभार व्यक्त गरिन्।

उनले ब्रिटिश विदेशमन्त्री एड मिलिब्याण्डका साथै सांसदहरू मोनिका हार्डिंग,क्यालम एन्डरसन र वेन्डी मोर्टनले हाउस अफ कमन्समा नेपालको पक्षमा उठाएका आवाजको सराहना गरिन् । त्यसैगरी हाउस अफ लर्ड्समा लर्ड बिलिमोरिया,लर्ड क्यामोयस, लर्ड पोपट,लर्ड ल्यान्कास्टर,लर्ड वुड,बारोनेस स्टुअर्ट लगायतका सांसदहरूले प्रभावित नेपाली परिवारलाई सहयोग, मानसरोवर–कैलाश यात्रीको सुरक्षा,आपत्कालीन खाद्य तथा औषधी सहायता र पूर्वसूचना प्रणालीबारे राखेका चासोहरू नेपालका लागि निकै महत्त्वपूर्ण रहेको उल्लेख गरिन्।

‘विश्व समुदायको तत्परता अपर्याप्त’

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सन् २०२३ अक्टोबरमा नेपाल भ्रमणका क्रममा पग्लिँदै गएका हिमाल र सम्भावित हिमताल विस्फोटबारे दिएको चेतावनीको स्मरण गराउँदै सांसद राणाले विश्व समुदायको तत्परता पर्याप्त हुन नसकेको बताइन्।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली तथा साना टापु राष्ट्रहरूको तर्फबाट जलवायु न्यायको पक्षमा आवाज उठाइरहेको सन्दर्भ जोड्दै सांसद राणाले पूर्वतयारीमा लगानी,तथ्याङ्क आदानप्रदान र अनुसन्धानको क्षेत्रमा नेपाल तथा बेलायतबीच थप सहकार्य गर्नु पर्नेमा जोड दिइन्।

दुई शताब्दीभन्दा लामो नेपाल-बेलायत मित्रवत् सम्बन्धलाई थप मजबुत बनाउँदै यो संकटको घडीमा अनुसन्धानकर्ता,राजनीतिज्ञ र नागरिक समाजलाई एकजुट भएर कार्य गर्न पनि उनले आह्वान गरिन्।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ