समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

रांङभाङ्ग समाज यूकेद्वारा गायिका सबिना बुढा मगरको बिदाइ कार्यक्रम भब्य सम्पन्न

  शीतलपाटीन्युज डटकम | १३ आश्विन २०८३, मंगलवार १६:३४

शीतलपाटीन्युज डटकम।
अःल्डरसट,युके। रांगभाग समाज यूकेको निमन्त्रणामा नेपालबाट बेलायत आउनुभएकी चर्चित लोक तथा दोहोरी गायिका सबिना बुढा मगरको छ महिने साङ्गीतिक यात्रा सम्पन्न भएसँगै २७ सेप्टेम्बर २०२६,आइतबारका दिन ठमेल रोधीघर अल्डरसटमा उहाँको सम्मानमा विशेष बिदाइ कार्यक्रम सम्पन्न भएको भयो।

कार्यक्रममा रांगभंग समाज यूकेका अध्यक्ष शारदा गुरुङ,संस्थापक अध्यक्ष राजबहादुर गुरुङ,उपाध्यछ मेख थापा,महासचिव खिमबहादुर गुरुङ,बडी बिल्डिङ एसोसिएसन यूकेका अध्यक्ष गङ्गाबहादुर गुरुङ, पेलकाचौर समाज यूकेका संस्थापक अध्यक्ष गिरिबहादुर गुरुङ तथा उहाँकी धर्मपत्नी साथै सन्तोषी गुरुङ,सञ्जु गुरुङ,दुर्गा गुरुङ,पुण गुरुङ लगायत विभिन्न संघसंस्थाका पदाधिकारी तथा शुभचिन्तकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम राङभाङ्माग समाज युकेका महासचिव खिमबहादुर गुरुङले स्च्चालन गर्नु भएको थियो कार्यक्रमको अध्यछता अध्यक्ष शारदा गुरुङले गर्नु भयको धियो। कलाकारको बिदाई गर्दै अध्यक्ष शारदा गुरुङले गायिका सबिना बुढ़ाको ६ महिने साङ्गीतिक यात्रा सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण संघसंस्था,आयोजक तथा शुभचिन्तकहरूलाई धन्यवाद दिँदै उहाँको उज्ज्वल साङ्गीतिक भविष्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयको थियो।

गायिका सबिना बुढा मगरले पनि आफुलाई बेलायत जस्तो सपनाको देशमा निमंत्रणा दिऐर धेरै ठुलो गुन लाऊनु भऐकोमा रांगभांग समाज यू के प्रती हार्दिक अभार प्रकट गर्नु भऐको थियो। बसाइका क्रममा आफूलाई माया,साथ र सहयोग प्रदान गर्नुहुने सम्पूर्ण संघ संस्था साथै बिशेस ब्याकतीत्वाहरूमा हार्दिक आभार व्यक्त गर्दै पुनः भाग्यले साथ दिऐ भेट्ने आशा व्यक्त गर्नुभयो।

आगामी १ अक्टोबर २०२६,बिहीबारका दिन उहाँ नेपाल प्रस्थान गर्ने कार्यक्रम रहेकोले उहाँको सुखद यात्रा तथा सफल साङ्गीतिक भविष्यको कामनासहित बिदाइ कार्यक्रम सम्पन्न भऐको कुरा खिमबहादुर गुरुङ महासचिव र शारदा गुरुङ अध्यक्ष तथा रांगभाग समाज यूके परिवारले बताउनु भएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ