समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

आफ्नो देश रुँदा परदेशबाट मलम: भोटेकोशी बाढीपीडितका लागि लन्डनबाट लामिछाने फाउण्डेशनले पठायो १ करोड ७ लाख रुपैयाँ नगद सहयोग

  शीतलपाटीन्युज डटकम | १६ आश्विन २०८३, शुक्रबार ११:१७

शीतलपाटीन्युज डटकम।
काठमाण्डौ। नेपालमा प्राकृतिक विपत्तिले नागरिकलाई घरबारविहीन बनाउँदा विदेशमा पसिना बगाइरहेका मनकारी नेपालीहरूको मन सधैँ मातृभूमिका लागि पग्लिने गर्छ। यसैको उत्कृष्ट उदाहरण बन्दै लन्डनस्थित प्रतिष्ठित फेसन व्यवसायी रविन्द्रजंग लामिछाने नेतृत्वको ‘द लामिछाने फाउण्डेशन’ ले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि १ करोड ७ लाख रुपैयाँ (५१ हजार ७२७ पाउण्ड) नगद सहयोग गरेको छ।

बेलायतको च्यारिटी कमिसनमा विधिवत् दर्ता रहेको फाउण्डेशनले बिहीबार लन्डनस्थित नेपाली दूतावासको बैंक खातामा उक्त रकम जम्मा गरिदिएको हो। दूतावासले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने प्रक्रिया अगाडि बढाइसकेको छ। लन्डनस्थित नेपाली दूतावासमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष लामिछानेले कार्यवाहक राजदूत विपिन दुवाडी र बेलायत भ्रमणमा रहेकी सांसद विदुषी राणालाई सहयोगको चेक हस्तान्तरण गरेका थिए।

चेक हस्तान्तरण गर्दै फाउण्डेशनका अध्यक्ष लामिछानेले भावुक हुँदै भने,”आफ्नो देशमा विपत्ति आउँदा प्रवासमा रहेर पनि चुपचाप बस्न सकिँदैन। भोटेकोशी बाढीले दाजुभाइ दिदीबहिनीको सर्वस्व गुमेको दृश्यले मलाई गहिरो चोट पुर्‍यायो, त्यसैले सहयोग जुटाउन मैदानमा उत्रिएको हुँ।”

कार्यक्रममा सांसद राणा,पूर्वब्रिटिस सांसद बिरेन्द्र शर्मा तथा कार्यवाहक राजदूत दुवाडीले विपद्का घडीमा लामिछानेले पुर्‍याउँदै आएको योगदानको खुलेर प्रशंसा गरे। लामिछानेले यसअघि २०७२ को विनाशकारी भूकम्पका बेला तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको उपस्थितिमा ५१ लाख रुपैयाँ नगदसहित राहत सामग्री वितरण गरेका थिए भने कोभिड–१९ को दोस्रो लहरमा १५ लाख नगद र ३३ वटा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएर सयौँ नागरिकको प्राण जोगाएका थिए।

यसैगरी,लामिछानेले रविचन्द्र ट्रस्टमार्फत नेपालका ५५ जना विपन्न बालबालिकालाई नियमित छात्रवृत्ति र काठमाडौँ तथा पर्वतका विभिन्न धार्मिक–सामाजिक पूर्वाधार निर्माणमा समेत निरन्तर आर्थिक सहयोग गर्दै आएका छन्। चाडपर्वको मुखमा भोटेकोशी बाढीपीडितको घाउमा मलम लगाउन प्रवासबाट पठाइएको यो १ करोड ७ लाखको सहयोगले पीडितहरूको पुनःस्थापना र पुनर्निर्माणमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ।

जुनतारा खबरबाट साभार।
#BhotekoshiFlood #LamichhaneFoundation #FloodRelief #LondonToNepal #JuntaraKhabar

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ