समाचार
|बेलायतमा घरधनीहरूका लागि ‘रजिष्टर योर रेंटल प्रपर्टी’ नियम लागू हुँदै : कानुन पालना गर्न विज्ञहरूको आग्रह|बेलायतको कोभेन्ट्रीमा विश्व नेपाली साहित्य महासङ्घ,मिडल्यान्ड शाखा बेलायतद्वारा आयोजित ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयनती भब्य सम्पन्न|लन्डनस्थित नेपाली दूतावासमा गौतम बुद्धको प्रतिमा स्थापना|नागरिकताको फरक मागले प्रक्रिया जटिल बन्यो : मनिष झा|बेलायतमा ११७ औं महाकवि देवकोटा जयन्ती भव्य रूपमा मनाइयो|नेपाली वायु सेवाहरुमाथिको प्रतिबन्ध फुकुवा गर्न इयुसंग पहल भैरहेको छ: मंत्री पौडेल|लन्डनमा “नर्थहोल्ट १०K रन” भव्य रूपमा सम्पन्न|एनआरएन नागरिकता सम्बन्धी कानून तीन महिना भित्रै बन्ने : सांसद झा|नेपाली साहित्य विकास परिषद् युकेको १५औँ कार्यकारिणी समिति चयन|नेकपा एमालेको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन हुदै, अध्यक्षमा प्रभु थापा निश्चित

शान्ति नेपाली समाज बेलायतको आठौं अधिवेशनबाट राजेशमणि लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत

  शीतलपाटीन्युज डटकम | २० आश्विन २०८३, मंगलवार १२:३७

शीतलपाटीन्युज डटकम।
मिडलैण्ड,बेलायत। बेलायतको अग्रणी सामाजिक संस्था शान्ति नेपाली समाज बेलायतको आठौं अधिवेशनबाट राजेशमणि लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ। अक्टोबर ५, २०२६ सोमबारका दिन सम्पन्न अधिवेशनले आगामी दुई वर्षको कार्यकालका लागि संस्थाको नयाँ नेतृत्व तय गरेको हो। नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा निसेन्त मान बज्राचार्य र पार्वती भण्डारी,महासचिवमा शशांक शर्मा,सचिवमा डीआर पराजुली,कोषाध्यक्षमा सुशीला दवाडी र सहकोषाध्यक्षमा राजन बस्याल चयन हुनु भएको छ ।

त्यसैगरी सदस्यहरूमा लक्ष्मण ढकाल,बमबहादुर नेपाली, पृथ्वीनारायण अर्याल,चन्द्र शाहनी,शालिग्राम सापकोटा ‘शिव’,गोपालबहादुर कुनुवार,हरिहर न्यौपाने,अनुज ढकाल, निरुता भट्ट,थर्कु कार्की,रामप्रसाद बेलबासे र रेशम बहादुर केसी सर्वसम्मत रूपमा निर्वाचित हुनु भएको छ।

अधिवेशनको उद्घाटन शान्ति नेपाली समाज बेलायतका संरक्षक कोशलेश्वर ढकाल र राम प्रसाद न्यौपानेले गरेका थिए ।
प्रमुख अतिथिको शुभकामना मन्तब्यमा संरक्षक काशीनाथ शर्माले शान्ति नेपाली समाज बेलायतले सामाजिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै संस्थाले आगामी दिनमा अझ प्रभावकारी ढंगले सामाजिक सेवामा गतिविधि विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो ।

शुभकामना मन्तब्य दिने क्रममा बक्ताहरु कोश्लेस्वर ढकाल, लीला थापा,प्रविण खराल,भोजराज भन्डारी,दिनेश कंडेल,दिनेश ढकाल,तारा लम्साल,बाबुराम सापकोटा,मुक्त अधिकारी,ठाकुर ज्ञवाली,जयन्ती उपाध्याय थापा,रण बहादुर क्षेत्री,नारायण आचार्य,गोबिन्द सापकोटा,गोकर्ण हुमागाई,बिष्णु चालिसे,राम चन्द्र अधिकारी,कोपिला अधिकारी आदिले सामाजिक कार्यमा निरन्तरता,दूरदर्शी सोच,स्पष्ट कार्य योजना र जिम्मेवार नेतृत्वको आवश्यकतालाई औँलाउँदै नयाँ कार्यसद्धिलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ