– कोमल मल्ल,
लन्डन नोभेम्बर। बेलायतमा रहेका नेपालीहरूको सबै भन्दा
जेठो साहित्यिक संस्था नेपाली साहित्य
विकास परिषद् यूकेद्वारा ११७औं महाकवि
देवकोटा जयन्ती,प्रवचन,कवितावाचन,
कार्यक्रमहरू भब्य रुपमा मनाईयो।

वयस्ट लन्डन एकटन स्थित एबीआईकलेजमा आयोजित समारोहमा प्रमुख अथितिको आसनबाट समारोहलाई सम्वोधन गर्नुहुँदै नेपाली साहित्य विकास परिषद्का पूर्वअध्यक्ष हरि सिह थापाले महाकवि देवकोटाको कारणले नेपाल विश्व साहित्य क्षेत्रमा तुलनात्मकरूपमा अरू ठूला देशहरू माझ गनिने गरेको छ भन्नुहुँदै महाकवि देवकटा बेलायतका सेक्सपियर्स र मिल्टन लगायतका विश्वका अतिविशिष्ट साहित्यकारहरू मध्य एक थिए भन्नु भयो।
आजको महाकवि देवकोटा जन्मजयन्ती कार्यक्रमले भावि पुस्तालाई समेत प्रेणा पुर्याउने कुरा चर्चा गर्नु भयो।
समारोहमा सल्लाहकार तथा परिषदका पूर्व अध्यक्ष खगेन्द्र नेपालीले महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपालका अमूल्यनिधि हुन् जस्ले भाषा साहित्यिको शिखर उच्च मात्र पारेनन् शिक्षा मन्त्री समेत भएर अन्तराष्ट्रीय स्तरमा नेपालको प्रतिनिधित्व समेत गरेर राष्ट्रको ख्याति र प्रभाव बढाएका थिए भन्नुभयो साथै पूर्व अध्यक्ष नेपालीले बेलायतमा नेपाली भाषा साहित्य कलाजस्ता नेपाली पहिचानहरूलाई जिवन्त राख्न नेपाली साहित्य विकास परिषद्ले गरेका प्रयासहरू सराहनीय छन् भन्नुभयो।

सभापतिको आसनबाट वोल्नुहुँदैपरिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठमल्लले बेलायतमा नेपाली साहित्य विकास परिषद युकेले आफ्नो स्थापना काल सन् १९९५ देखि नै आदिकवि भानु जयन्ती,महाकवि देवकोटा जयन्ती,स्वागत सम्मान,नववर्ष लगायतका साहित्यिक गतिविधिहरू तिब्रगतिले अगाडि बढाउँदै आएको चर्चा गर्नुभयो। अध्यक्ष मल्लले महाकविकोअसिमित योगदानले नै आज नेपाली साहित्य विश्वस्तरमा गनिने गरेर उभिन सकेको चर्चा गर्नु भयो।

यस अघि स्वागत मन्तव्य राख्नु हुँदैपरिषद्का वरिष्ठ सहअध्यक्ष तथा यती संस्थाका निवर्तमान अध्यक्ष कवि ध्रुव केसीले बेलायतमा नेपालीभाषा साहित्यिको संरक्षण र सम्वर्धन गर्नमा नेपाली साहित्य विकास परिषद्ले ऐतिहासिक भूमिका निर्वाहगर्दै आएको चर्चा गर्नुभयो वरिष्ठ सहअध्यक्ष केसीले नेपाली साहित्यमा महाकवि देवकोटाको योगदानअतुलनीय रहेको चर्चा गर्नुभयो।

समारोहको आरम्भ गर्नुहुँदै परिषद्का महासचिव डा. सुधा श्रेष्टले हरेक वर्ष तिहारको आरम्भ सँगै परिषद्ले मनाउँदै आएको महाकवि देवकोटा जयन्तीले बेलायतमा रहेका सर्जकहरूमा थप प्रेणा र उर्जा मिल्ने गरेको चर्चा गर्नु भएको थियो। राष्ट्रीय गान,महाकविको तस्बिरमा माल्यार्पण र मंगल धुनबाट आरम्भ गरिएको समारोहमा नेपालमा बाढि पहिरोबाट दिवंगत हुन गएका ज्ञात अज्ञात
व्यक्तिहरुको चीर शान्तीको लागी १ मिनेट मौन धारण गरी श्रद्धान्जली व्यक्त गरिएको थियो भने नेपालमा बाढी पहिरो बाट धनजनको अपुरणीय क्षति भएकोमा दु:ख व्यक्त गर्दै शोक संतप्त परिवारहरुमा हार्दिक समवेदना प्रकट गरिएको थियो।
साहित्य र गीतसङ्गीतको मिश्रण रहेको उक्त समारोहमा कवितावाचन गर्ने कविहरूमा बसन्तराय क्षत्री, हरिसिंह थापा, खगेन्द्न नेपाली,डा.संगिता स्वच्छा,रेशम अर्याल,मनोज अन्जान,कोमल मल्ल,बासुदेव सापकोटा,सुष्मा भट्टराई हुनुहुन्थ्यो भने डा.श्रृजना श्रेष्ट(नेपालबाट)को कविता सुष्मा भट्टराईले र घनबहादुर थापाको कविता कोमल मल्लबाट वाचन गरिएको थियो।
सहभागिता र सहयोगका लागि आभार प्रकट गर्नुहुँदै समारोहका सभापति अध्यक्ष कोमल प्रसाद श्रेष्ठमल्लले वरिष्ठ प्रमुख सल्लाहकार डा.राघवप्रसादधिताल OBE, डा. जनककुमारी धिताल,सल्लाहकार खगेन्द्र नेपाली,सल्लाहकार घनबहादुर थापा,कृष्णा थापा, एबीआई कलेजका प्रोप्राइट कृष्ण भट्ट, पूर्व अध्यक्ष हरिसिंह थापा,सल्लाहकार बिजय थापा,बसन्तराय क्षत्री देवकुमारी थापा,वरिष्ट सहअध्यक्ष ध्रुब केसी,कोशेलीका पूर्व अध्यक्ष तथा सल्लाहकार मदन थापा,वरिष्ट कोषाध्यक्ष मनोज अन्जान,गोकुल भण्डारी,पूर्व कार्यकारिणी सदस्य ज्ञानेन्द्र राउत, रेशम अर्याल,महासचिव डा.सुधा श्रेष्ट,पूर्व कार्यकारिणी सदस्य कोहिनूर मल्लमा धन्यवाद ज्ञापनगर्नु भयो ।
कोमल श्रेष्ठ मल्ल
अध्यक्ष
नेपाली साहित्य विकास परिषद् यूके.
स्थापित: २०५१,लन्डन
१५ औं कार्यसमिति २०२६-२०२८
प्रतिक्रिया