काठमाडौं– आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित निकालेको छ । सिड्नीमा बिहीबार भएको खेलमा भारतले नेदरल्यान्ड्सलाई ५६ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको हो ।
भारतले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन मात्र बनाउन सक्यो । नेदरल्यान्ड्सका लागि टिम प्रिन्गलले सर्वाधिक २० रन जोड्दा कोलिन एकरम्यानले १७ रन बनाए ।भारतका भुवनेश्वर कुमार, अर्शदिप सिंह, अक्षर पटेल र रविचन्द्र आश्विनले २–२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले अविजित रहदै ६२ रनको अर्धशतकीय इनीङ खेले । कप्तान रोहित शर्माले ५३ रनको अर्धशतकीय इनीङ खेले । सूर्यकुमार यादबले पनि अविजित रहदै ५१ रनको अर्धशतकीय इनीङ खेले ।
नेदरल्यान्ड्सका फ्रेड क्लासेन र पाउल भानले एक एक विकेट लिए । जितसँगै भारतले २ खेलमा ४ अंक जोडेको छ । भारत समूह २ को शीर्ष स्थानमा रहेको छ ।
प्रतिक्रिया