समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

मेरो विजयी निर्विरोधजस्तै छ : कांग्रेस नेता केसी

  शीतलपाटीन्युज डटकम | ११ कार्तिक २०७९, शुक्रबार १२:४४

काठमाडौं- सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका कांग्रेस नेता बलबहादुर केसी आफू निर्वाचित हुने दाबी गर्छन् ।

पूर्व मन्त्रीसमेत रहेका उनले आफूले स्थानीयदेखि संघीय सरकारसँग पहुँच राख्न सक्ने र यसअघिका आफ्नो कार्यलाई हेरेर जनताले आफूलाई निर्वाचित गराउने दाबी गर्छन् ।

सोलुमा आफूलाई ‘विकास बहादुर’ले चिनिने बताएका उनले सोलुको विकासका लागि काम गर्दै आएकाले यसलाई निरन्तरता दिन पनि आफू निर्वाचित हुनुपर्ने बताए । यसबारे सोलुवासी जानकार रहेका उनको भनाइ छ ।

सोलुखुम्बुबाट सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका केसीले एमालेका मानवीर राईसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । तर, केसी आफू निर्वाचित हुनेमा विश्वास व्यक्त गर्छन् । एमालेबाट राई उम्मेदवार भए पनि आफू निर्विरोधजस्तै रहेको केसीले बताए ।

हालसम्म सोलुखुम्बुमा एमालेले नजितेको इतिहास रहेको बताउँदै उनले यसपटक पनि गठबन्धनकै उम्मेदवार आफू निर्वाचित हुने दाबी गर्छन्  ।

२०४८ सालपछि निरन्तर सोलुखुम्बुबाट उम्मेदवार बन्दै आएका केसीलाई यसपटक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित गठबन्धन दलको समर्थन रहेको छ ।

उनी २०४८, २०५१, २०५६ र २०७० मा भएका निर्वाचनमा विजयी भएका थिए । सोलुखुम्बुबाट विजयी भएर ह्यार्टिक गरेका उनी यसपटक पनि निर्वाचित हुने दाबी गर्छन् ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ