समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

इस्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट

  शीतलपाटीन्युज डटकम | १७ कार्तिक २०७९, बिहीबार १३:०९

काठमाडौं- इस्टर्न हाइड्रोपावरको आइपीओ बिहीबार बाँडफाँट भएको छ। यसमा कुल ६२ हजार ५१९ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

कम्पनीका कर्मचारीहरूबाट एक हजार ८०१ कित्ता सेयरका लागि आवेदन नपरेपछि उक्त सेयर पनि सर्वसाधारणलाई थप गरी बाँडफाँट गरिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी गराएको छ ।

आइपीओमा कुल १३ लाख ५८ हजार २२० जनाले आवेदन दिएकामा एक हजार ९९६ जनाको आवेदन रद्द भएको थियो ।

इस्टर्नले २८ असोजदेखि २ कात्तिकसम्म कुल ६ लाख ७० हजार ३१० कित्ता आइपीओ जारी गरेको थियो ।

यसमध्ये ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोष र १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो ।

आइपीओको नतिजा बिक्री प्रबन्धकको वेबसाइट र निष्कासनकर्ता इस्टर्न हाइड्रोपावरको वेबसाइटबाट हेर्न सकिनेछ ।

यस्तै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/  बाट पनि नतिजा थाहा पाउन सकिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ